Wednesday, October 20, 2021

चाबहिलको लिच्छविकालिक शिलालेख–२

डा. महेशराज पन्त :- चाबहिलको लिच्छविकालको शिलालेखको एउटा खण्ड वि.सं. २०२० मा प्रकाशमा आए पनि त्यसको अर्को खण्ड भने हालै फेला परेको रहेछ । यो कुरा चारुमती बुद्धिष्ट मिसन नेपालका भिक्षु तपस्सी धम्म (वि.सं. २०२७ मा जन्म)मार्फत  पाटन संयुक्त क्याम्पसको इतिहास तथा बौद्ध अध्ययन विभागकी लेक्चरर डा. जुनु बासुकला रञ्जितकार (वि.सं. २०३३ मा जन्म)ले यही पुसको आधाआधीतिर थाहा पाइछिन् र उनले मलाई खबर गरिन् ।

अनि, हामी दुईजना यो शिलालेख हेर्न जाने तयारीमा थियौँ । यत्तिकैमा बाहिरियालाई यो शिलालेख अहिलेका लागि नदेखाउने भएको छ भनी त्यहाँका प्रबन्धकहरूले निर्णय गरेका छन् भनेर खबर आएकाले मन मोसेर बसिरहेको थिएँ । 

चाबहिलको लिच्छविकालको शिलालेखको अर्को खण्ड पाइएको खबर ‘धन्दो चैत्यको शिलालेख भेटियो’ भन्ने शीर्षकमा ‘गोरखापत्र’मा जुन दिन छापियो (यलु जोशी, २०७५।९।२६, ५ पृ.), संजोगको कुरा, त्यही दिन ५४ वर्षअगाडि चाबहिलको यस शिलालेखको पहिलो खण्ड पुरातत्व  विभागले फेला पारेको भन्ने खबर त्यही अखबारमा छापिएको थियो ।
(२०२१।९।२६) । ‘राष्ट्रिय अभिलेखालयको अभिलेख संकलन कार्यक्रमअन्तर्गत पुरातत्वविद्  प्रकाश दर्नालको नेतृत्वमा लिपिविद् श्यामसुन्दर राजवंशी तथा अन्वेषक कुलनाथ केसीको सक्रियतामा’ अर्को खण्ड भेट्टाइएको रहेछ । ‘पहिलेको शिलाखण्डमा संवत् ४२१ (तदनुसार विसं ५५५ हुने) समेत स्पष्ट उल्लेख छ’ भनी त्यहीँ लेखिएकाले पहिले भेट्टिएको शिलाखण्डमा ‘संवत् ४२१’ नभएको हुँदा ‘भरखर भेटिएको शिलाखण्डमा’ भन्नुपर्नेमा भ्रमवश ‘पहिलेको शिलाखण्डमा’ भनी लेखिएको हुनुपर्छ भन्ने लाग्यो र यस शिलालेखको संवत्लाई प्रतिष्ठित सिद्धान्तअनुसार शकसंवत् मान्दामान्दै पनि वि.सं.मा परिवर्तन गर्दा अलिकति गल्ती भएको देखिन गयो ।

‘गोरखापत्र’मा जुन दिन खबर छापियो, त्यही दिन दिउँसो जुनु र म चाबहिल गयौँ । चाबहि अर्थात् थथुबहिभित्र भेट्टाइएको यो शिलालेख बाहिर पेटीमा राखिएको रहेछ । त्यहाँको वज्रपाणिलोकेश्वर संरक्षण समितिका उपाध्यक्ष परमानन्द शाक्य (वि.सं. २०२२ मा जन्म)ले चाँजोपाँजो मिलाइदिएपछि म ढुंगैबाट अभिलेख पढ्न थालेँ र फोटो खिच्ने काम जुनुबाट भयो । दुई घन्टा जतिभित्र हरेक पंक्तिबाट अलिअलि अंश पढ्ने काम गरियो ।

 

नयाँ पाइएको खण्डको फोटो थरीथरी ढंगले परमानन्द शाक्यले खिच्नुभएको रहेछ र ती फोटा उहाँले इमेलद्वारा मकहाँ पठाइदिनुभयो । त्यसपछि कम्प्युटरमा बसेर र यसको प्रिन्टआउट गरेर म पढ्न थालेँ । दुई टुक्रा भएको यस शिलालेखका दुवै खण्ड जोड्दा पनि कहीँकहीँ दुई अक्षरदेखि आधा अक्षरसम्म नष्ट भइसकेको थाहा भयो । अझ, पहिलोपल्ट पहिलो खण्डको पाठ छापिँदा दायाँपट्टि सबभन्दा छेउमा रहेका एकाध अक्षर अहिले साबुत नभएका देखिन आए । पछिल्लो पंक्तिमा दायाँपट्टि अन्त्यमा डेढ दर्जन जति अक्षर शिरो भाग अलिकति मात्र देखिने गरी फुटिसकेको स्पष्ट भयो ।

चाबहिलको यस शिलालेखको पहिलो खण्ड पाइएदेखिको एकसरो वृत्तान्त र अहिले पाइएको खण्डको वृत्तान्त पनि रोचक ढंगले काशीनाथ तमोट (वि.सं. २००१ मा जन्म)ले लेखेको कुरा यही माघ २ गते अनलाइनमा पोस्ट गरियो  (‘चाबहीया महामुनि मूर्तिलेख प्राप्तिया वृत्तान्त’, ई.सं. २०१९ जनवरी १६ तारिक, https://medium.com/nepalmandal_ । त्यहाँ दुवै खण्डका अलगअलग फोटो र दुवै खण्ड जोडेर पनि यस शिलालेखको फोटो दिइएको छ । चाबहिलको शिलालेखको पहिले भेट्टिएको खण्डमा देवताको नाउँ ‘महामुनि’ लेखिएको र अहिले भेट्टिएको खण्डमा ‘विग्रहं शैलं’ अर्थात् ‘शिलामूर्ति’ (नयनाथ पौडेलले पढेको पाठ) लेखिएकाले महामुनिको शिलामूर्ति स्थापना गरिएको भन्ने प्रमाणित भयो, शिलालेखको यो खण्ड पाइनाले यस शिलालेखको समयको विषयमा पहिले अनुमान गरिएका केही कुरा गलत ठहरिए र केहीचाहिँ ठीक ठहरिए भनी तिनका उदाहरण पनि त्यस लेखमा दिइएका छन् । ‘लाय्कू’ पाक्षिक पत्रिकाको यही २९ माघको अंक (५, १० पृ.)मा पनि त्यही लेख केही फरक पारी नेपाली भाषामा उल्थासहित छापिएको छ ।

केही दिनको परिश्रमबाट यस शिलालेखको पाठ पूरा गरे पनि कहीँकहीँ अक्षर त्यति स्पष्ट नभएकाले केही ठाउँमा अर्थसंगति अझै  मिलाउन सकिरहेको थिइनँ । यसैबीचमा योगेश राज (वि.सं. २०२६ मा जन्म)सँग यस शिलालेखका विषयमा प्रसंगवश कुरा हुँदा आफूले  पढेको पाठमा कहीँकहीँ अर्थ नखुलेकाले सुधार गर्नुपर्ने ठाउँ अझ छ भनी मैले उनलाई भनेँ । उसो भए म पनि पाठतिर दृष्टि दिऊँ कि भनी उनले भन्दा यस शिलालेखको प्रतिच्छवि र मैले पढेको पाठ उनलाई दिएँ । म अड्केका ठाउँमध्ये उनको प्रयासबाट कहीँकहीँ पाठ सच्चिएकाले उनलाई धन्यवाद छ ।

यस शिलालेखको दुवै खण्ड जोडिएकाले यसको मूलपाठ, उल्था, व्याख्या र लिपिका विषयमा एउटा लामै प्रबन्ध म लेखिरहेको छु । त्यो तयार भएपछि ‘पूर्णिमा’ वा अरू कुनै शोध पत्रिकामा यथासमय प्रकाशित हुने नै छ । मैले यस शिलालेखमा हात हालेकाले यस विषयमा मोटामोटी कुरा प्रकाश गरिहाल्ने आग्रह केही जिज्ञासुहरूबाट भएकाले यस लेखको जन्म भएको हो । पहिले पाइएको खण्डमा अनुष्टुप् छन्दका ६ श्लोक र अहिले पाइएको खण्डमा त्यही नै छन्दका ६ श्लोक छन् । आयाताकार लामो ढुंगामा आधा श्लोक कुँदेपछि अर्को श्लोकार्ध थाल्नुभन्दा अगाडि केही ठाउँ छोडी एक पंक्तिमा दुई श्लोक अट्टाउने गरी यो शिलालेख कुँदिएको रहेछ । छैटौँ पंक्तिमा बाह्रौँ श्लोक टुंगिएपछि दुईवटा दण्ड दिई त्यही पंक्तिमा गद्यमा संवत् दिई अरू थोक गद्यमै लेख्न थालिएको छ । सातौँ पंक्तिमा बायाँपट्टि निकै ठाउँ छोडी बीचबाट पूरा तिथिमिति दिई राजाको पदवीसहित लेखिएको छ र त्यहाँनिर अक्षर फुटेको छ ।

यस शिलालेखमा ‘बुद्ध’लाई बुझाउन ‘महर्षि’ (२ श्लोकको ४ पाउ, १० श्लोकको ४ पाउ), ‘भवविच्छिद्’ (५ श्लोकको २ पाउ), ‘महामुनि’ (९ श्लोकको २ पाउ) र ‘विग्रहच्छिद्’ (१० श्लोकको ४ पाउ) शब्दको प्रयोग भएको छ । त्यसै गरी,‘बुद्ध हुनु’भन्नुपर्दा‘बुद्धत्व’ (१२ श्लोकको ३ पाउ) र ‘बुद्धसम्बन्धी’ भन्नुपर्दा ‘सौगत’ (६ श्लोकको ४ पाउ) शब्द लेखिएको छ । गौतम बुद्धलाई ‘महर्षि’ शब्दले बुझाएको झट्ट हेर्दा अनौठो लागे पनि त्यस शब्दको प्रयोग अन्त्य पनि नभेट्टिने होइन (उदाहरणका लागि, अश्वघोषका ‘सौन्दरनन्द’ ४।३०, ५।३४ र ‘बुद्धचरित’ १३।१) ।

‘महामुनि’ शब्दको प्रयोग खास गरी गौतम बुद्धको विशेषणका रूपमा हुने भए पनि ‘शाक्यमुनि’को प्रयोग संज्ञाको रूपमा भएजस्तै चाबहिलको अभिलेखमा ‘महामुनि’ शब्द संज्ञाको रूपमा आउनु धेरै सम्भव छ, भरखरै प्रतिष्ठापित मूर्ति चिनाउन खास नाउको प्रयोग गरिने हुनाले यहाँ ‘महामुनि’ शब्दको प्रयोग संज्ञाकै रूपमा भएको हुनुपर्छ, यसैले ‘महामुनि’कै रूपमा चाबहिलमा प्रतिष्ठापित मूर्तिको पूजा गरिन्थ्यो, ‘महावस्तु’को दोस्रो ‘बहुबुद्धसूत्र’मा ‘महामुनि’लाई बुद्धमध्ये एक भनी मानिएको छ र ‘महावस्तु’कै ‘दशभूमिकखण्ड’को छन्दोबद्ध भागमा ‘शाक्यमुनि’ शब्द एकपल्ट मात्र आएको र ‘महामुनि’ शब्द भने १५ पल्ट आएको छ भनी दिवाकर आचार्य (वि.सं. २०२६ मा जन्म)ले लेखेका छन् 

(‘जर्नल् अफ दि इन्टर्न्यास्अन्अल् असोसिएसन् अफ बुड्इस्ट् स्टड्इज्’ ३१ ठेली १–२ अंक, ई.सं. २००८, २६–२७ पृ.) । तर, यस शिलालेखको अहिले पाइएको खण्डमा बुद्धलाई बुझाउन ‘महर्षि’ शब्दको पनि २ पल्ट प्रयोग भएकोले यस विषयमा फेरि विचार गर्नुपर्छ जस्तो मलाई लाग्छ । ‘मञ्जुश्रीनामसंगीति’ (सुविशुद्धधर्मधातुज्ञान १)मा ‘महावैरोचन’, ‘बुद्ध’ र ‘महामौनी’ शब्दपछि ‘महामुनि’ शब्द आएको कुरा पनि यस प्रसंगमा भन्नुपर्छ । ब्रह्मा अर्थात् म्यानमारको माण्डले सहरभन्दा दक्षिणपश्चिममा रहेको महामुनि नाउँको बौद्ध मन्दिरमा बुद्धको कुन रूपको मूर्ति छ भन्ने विषयमा बुझ्नु पनि यस सन्दर्भमा उपयुक्त होला ।

यस खण्डित शिलालेखको दोस्रो खण्ड नपाइँदै त्यसका केही अक्षर पहिलो खण्डसँगै देखिएको आधारमा अपूरो भाग पूरा गर्ने प्रयत्न दिवाकरले कहीँकहीँ गरेका छन् र उनको यो प्रयास कतैकतै सफल पनि छ । जस्तै, पहिलो श्लोक सिद्धिएपछि ‘दानशील’ पहिलो खण्डसँगै देखिएकोमा ‘क्षमावीर्यध्यानप्रज्ञानिषेवणात्’ कोष्ठमा थपी त्यो श्लोकार्ध उनले पूरा गरेका छन् (‘जर्नल् अफ दि इन्टर्न्यास्अन्अल् असोसिएसन् अफ बुड्इस्ट् स्टड्इज्’ ३१ ठेली, २९ पृ.) । अहिले पाइएको खण्डमा त्यस श्लोकार्धका पाँचौँ र छैटौँ अक्षर नदेखिए पनि सातौँ अक्षर ‘ध्य’ देखिई त्यसपछिको एउटा अक्षर नदेखिई अनि ‘व’ मात्र देखिई त्यसको ईकार नदेखिएको र त्यसपछि ‘य्र्यप्रज्ञा’ देखिँदा अब यसको पाठ पारमिताहरूका नाउँसम्म ‘दानशील(क्षमा) ध्यानवीय्र्यप्रज्ञा’ भएकाले उनले कोष्ठमा पढेको पाठ धेरै अंशमा सत्य ठहर्छ, खालि उनले शास्त्रीय क्रमअनुसार कोष्ठमा पढेको पाठमा ‘वीर्यध्यान’ भएकोमा वास्तव पाठ‘ध्यानवीय्र्य’ छ ।

पहिले पाइएको खण्डमा नभएको अंश भर्दै जाने प्रसंगमा दिवाकरले दोस्रो श्लोकका तेस्रो र चौथो पाउ नभरे पनि चौथो पाउ ‘प्राप्तं ज्ञानमनुत्तमम्’ हुन सक्ने कुरा तेस्रो श्लोक ‘सम्प्राप्यानुत्तमं ज्ञानं’बाट सुरु भएकाले अनुमान गरेका छन् (उही, ३० पृ.) । तर, त्यो श्लोकार्ध ‘षड्भिः सम्परिपूण्र्णाभिः पारमिद्भिम्र्महर्षिणा’ भन्ने भएकाले अब अनुमानको जरुरत भएन ।

चाबहिलको यस शिलालेखमा ‘पारमिता’को ठाउँमा ‘पारमित्’ लेखिएकामा अब केही टिप्पणी गर्नुपरेको छ । ‘जातकाकीण्र्णङ्नाना’ (५ श्लोकका ३–४ पाउ), ‘प्रेम्ना’ (६ श्लोकको २ पाउ, यही रूप मानदेवको चाँगुको शिलास्तम्भलेखको ८ श्लोकको १ पाउमा पनि आएको छ), ‘कारितं विग्रहं शैलम्’ (१० श्लोकको ३ पाउ) ‘विराग्य’ (११ श्लोकको ३ पाउ) जस्ता अपाणिनीय रूपको प्रयोग यस शिलालेखमा भएकोले ‘वाच्’, ‘निश्’, ‘दिश्’, ‘प्रतिपद्’, ‘समिध्’ र ‘सम्पद्’ को पर्यायमा क्रमशः ‘वाचा’, ‘निशा’, दिशा’, ‘प्रतिपदा’, ‘समिधा’ र ‘सम्पदा’शब्द लोकमा चलेको देखेर शब्द रचनाको प्रक्रिया नबुझी खालि रूप मात्र हेरी ‘पारमिता’को पर्यायमा ‘पारमित्’ लेख्ने आँट यी पद्य रच्नेले  छन्दोऽनुरोधले गरेको हो कि जस्तो मलाई लाग्छ ।

‘धेरै कालसम्म परिश्रम गरेर किन्नरीजातकका थरीथरीका चित्र भएको भवविच्छित्को भवन’ (५ श्लोक) भनी पहिले नै प्रकाशमा आएको खण्डबाट बुझिएको हो । ‘अभिलेख–संग्रह’लगायत जहाँ जहाँ यो शिलालेख छापियो, त्यहाँ त्यहाँ  त्यस श्लोकपछिको पहिलो अक्षर ‘श्री’ पढिएको थियो । तर त्यहाँ ‘श्री’ अक्षर देखिनँ भनी दिवाकरले लेखेका छन् (उही, ३१ पृ.) । पूरै अक्षर त्यहाँ नदेखिए पनि अक्षरको बायाँपट्टिको अलिकति भाग तल लगाइएको ‘र’समेत अहिले पनि देखिँदै छ । ‘श्री’ पढिएको त्यस अक्षरको ईकारबाहेकको भाग देखिँदा खालि ‘श्र’को अर्थको कल्पना गर्न नसकिएकाले त्यसलाई ‘श्री’ पढिएको थियो कि जस्तो मलाई अहिले लाग्छ । अहिले पाइएको खण्डमा ‘द्धया भक्तितश्चैव नित्यम्प्रेम्ना च गौरवात्’ स्पष्ट देखिएकोले समग्र पाठ ‘श्रद्धया भक्तितश्चैव नित्यम्प्रेम्ना च गौरवात्’ (६ श्लोकका १–२ पाउ) हुन्छ भनी भनिरहनु नपर्ला ।

‘बर्सेनि ४५ मानिका धान आयस्ता हुने खेत दिइयो’ (७ श्लोक) भनी पहिलो खण्डबाट बुझिएकोमा ‘चन्दन, माला, तेल र धुपका लागि तथा बढारकुढार र लिपपोत गर्नका लागि’ (गन्धपुष्पोपहारात्र्थन्तैलधूपात्र्थमेव च सम्मार्जनोपलेपात्र्थं सदा ज्ञेयं मुमुक्षुभिः) (८ श्लोक)त्यो खेत दिइएको कुरा अहिले पाइएको खण्डबाट स्पष्ट हुन्छ । संघको भोजनका लागि र महामुनिको पूजाका लागि दात्रीले २८ मानिका आयस्ता हुने खेत दिएको कुरा (९ श्लोक) पहिलो खण्डबाट बुझिएकाले ‘धान्यस्य वर्षे वर्षेथ जायन्ते’ भन्ने पद सातौँ श्लोकमा भए जस्तै दशौँ श्लोकमा पनि यस्तै भाव हुनुपर्छ भनी दिवाकरले लेखेका छन् (उही, ३१ पृ.) । ‘मातापित्रोर्हितात्र्थाय जगतोत्र्थाय सव्र्वदा कारितं विग्रहं शैलम्महर्षेव्र्विग्रहच्छिदः’ अर्थात् ‘बाबुआमाको र संसारको सधैँ हितका लागि विग्रहच्छिद्को शिलाको मूर्ति बनाइयो’ भन्ने श्लोक अहिले भेट्टाइएको खण्डमा भएकाले अब अडकल गर्नुपर्ने भएन ।

‘विचित्रको दानधर्म यहाँ गरेर मलाई जुन शुभ भएको छ, स्त्रीत्व छोडी पुरुषत्व पाएर’ (११ श्लोक) भनी पहिलो खण्डमा लेखिएकोले पूरा वाक्य नआएको स्पष्ट छ । त्यसपछि त्यही खण्डमा ‘शोककाममया’ मात्र देखिएको थियो । त्यसपछिको पहिलो अक्षर अरूले नपढे पनि दिवाकरले ‘त्प’ पढी ‘अष्टसाहस्रिका’मा बोधिसŒवहरूलाई ‘उत्तीर्णपङ्काः’ भनिएकाले त्यहाँसम्म ‘शोककाममयात्पङ्कात्’ हुनुपर्छ भन्ने उनको जिकिर छ (उही, ३१ पृ.) । त्यस श्लोकमा ‘शोककाममया’पछि ४ अक्षर पढ्न सकिँदैनन् र त्यसपछि ‘दुःखमहाण्र्णवात् बुद्धत्वम्प्राप्यते नाहन्तारयेयम्प्रजामिमाम्’(शोक र कामवासनाबाट बनेको दुःखको महासागरबाट बुद्धत्व पाइँदैन, यी प्रजालाइम कसरी तारुँला)(१२ श्लोक) अहिले पाइएको खण्डमा भएकाले दिवाकरले गरेको पदपूर्तिको पुष्टि भएको छ ।

पहिलो खण्डबाट बार्हस्पत्यसंवत्सर, महिना, पक्ष, तिथि र राजाको पदवी थाहा पाइएकामा अहिले पाइएको खण्डबाट संवत्को अंक बार्हस्पत्य संवत्सरको अगाडि महिनाको नाउँमा अक्सर अगाडि जोडिने ‘महा’ र राजाको नाउको उत्तरपद अर्थात् ‘देव’ स्पष्ट भएको छ । यहाँको (शक)संवत् ४२१ भएको र मानदेवले (शक)संवत् ४२८ सम्म राज्य गरिरहेको अरू तात्कालिक शिलालेखबाट थाहा भएकाले चाबहिलको यस शिलालेखमा राजाको नाउ फुटी नाउमा जोडिने ‘देव’ मात्र बाँकी रहन गए पनि यी राजा मानदेव नै हुन् भनी ठोकेर भन्न नसकिने होइन ।


बाह्र वर्षे बार्हस्पत्य संवत्सरमा वर्ष लेख्दा महिनाको नाउअगाडि ‘महा’ जोड्ने नियम भए पनि ईसवी संवत्को पाँचौँशताब्दीको मध्यतिरका कदम्बवंशका २ अभिलेखमा महिनाको अगाडि ‘महा’ नजोडिएको र चाबहिलको अभिलेखमा पनि महिनाको अगाडि ‘महा’ नजोडिएकाले यसको लेखाइ कदम्बवंशको नजिक छ भनी दिवाकरले लेखेको (उही, २८ पृ.) शिलालेखको यो खण्ड नभेट्टिएसम्म यो अनुमान ठीकै जँच्दथ्यो । तर, अहिले भेट्टाइएको खण्डमा छैटौँ पंक्तिको पुछारमा ‘महा’ देखिएकाले सातौँ पंक्तिको सुरुमा आएको ‘माघवर्षे’सँग त्यसको मिलान हुन्छ भनी भनिरहनुपर्दैन । 

उन्नाइसौँ शताब्दीमा रचिएका वंशावलीको आधारमा धनवज्र वज्राचार्य (वि.सं. १९८८–२०५१)ले चाबहिलमा पाइएको यस शिलालेखलाई त्यहीँकै प्रसिद्ध चैत्यसँग जोडेर यसको पहिले पाइएको खण्डमा आएको ‘भवनम्’ (५ श्लोकको २ पाउ)को अर्थ ‘चैत्य’ (‘लिच्छविकालका अभिलेख’, २ पृ.) भनी गरे पनि ‘विग्रहच्छिद् महर्षिको शिलाको मूर्ति बनाइयो’ 
(१० श्लोकका १–२ पाउ) भनी अहिले पाइएको खण्डमा लेखिएकाले शिलाको बुद्धमूर्ति बनाइएको कुरा स्पष्ट हुँदा चाबहिलको चैत्यसँग यस शिलालेखको कत्ति पनि सम्बन्ध छैन भनी निर्धक्क भन्न सकिन्छ । बरु, त्यतातिर पाइने बुद्धको कुनचाहिँ मूर्ति त्यस वेला बनाइएको हो भन्नेततर्फ खोजी गर्नु जरुरी छ ।धनवज्रको नाउँ नलिए पनि उनको अर्थगराइको प्रभावमा परी डिल्लीरमण रेग्मी (वि.सं. १९७०–२०५८)ले यस शिलालेखको पहिलो खण्डमा आएको ‘भवनं’ को अर्थ ‘अ स्ट्रक्चर्’ मात्र नगरी त्यसको व्याख्यामा ‘अब्भिअस्लि अ स्तूप अफ इम्यान्सिपेटर् (‘इन्स्क्रिप्सन्ज् अप्m एन्सेन्ट् नेपाल्’ २ ठेली, ८ पृ.) अर्थात् ‘स्पष्टतः मुक्तिदाताको स्तूप’ भनी लेखेको कुराको सम्झना सहसा हुन्छ ।

बार्हस्पत्य संवत्सरमा मिति दिइएको अभिलेख विशाल भारतमा पनि मलाई थाहा भएसम्म धेरै नै थोरै मात्र पाइएका छन् । बार्हस्पत्य संवत्सर र अर्को कुनै संवत् दुवैमा मिति दिइएको एक थरी, बार्हस्पत्य संवत्सर र कुनै राजाको राज्य वर्षमा मिति दिइएको अर्को थरी र खालि बार्हस्पत्य संवत्सरमा मात्र मिति दिइएको झन् अर्को थरी गरी ती अभिलेखलाई ३ भागमा बाँड्न सकिन्छ ।

तीनमध्ये बार्हस्पत्य संवत्सर र अर्को कुनै संवत् दुवैमा मिति दिइएका ७ वटा अभिलेख छन्—
१) षट्पञ्चाशोत्तरेब्दशते गुप्तनृपराज्यभुक्तौ महावैशाखसंवत्सरे । कार्तिकमासशुक्लपक्षतृतीयायाम् = गुप्तसंवत् १५६ महावैशाखसंवत्सर कार्तिकशुक्लतृतीया (जोन फेथ्फुल फ्लीट, ‘इन्स्क्रिप्शन्ज् अफ दि अर्लि गुप्त किङ्ज् यान्ड् देर् सव्mसेश्अर्ज्’, सुपर्इन्टेन्डेन्ट अफ गभ्अर्न्मेन्ट प्रिन्ट्इङ, कलकत्ता, ई.सं. १८८८, २१ संख्या) ।

२) त्रिषष्ट्युत्तरेब्दशते गुप्तनृपराज्यभुक्तौ महाश्वयुजसंवत्सरे चैत्रमासशुक्लपक्षद्वितीयायाम् = गुप्तसंवत् १६३ महाश्वयुजसंवत्सर चैत्रशुक्लद्वितीया (उही, २२ संख्या) ।

३)    संवत्सरशतेष्टषष्ट्युत्तरे महामाघसंवत्सरे श्रावण(पञ्च)म्यां = गुप्तसंवत् १६८ महामाघसंवत्सर श्रावणको ५ दिन 
(पृथ्वीकुमार अग्रवाल, ‘इम्पिर्इअल् गुप्त एप्इग्य्राफ्ज्’, बुक्स एसिया, वाराणसी, ई.सं. १९८३, ५५ संख्या । पहिलोपटक यो अभिलेख छाप्ने बालचन्द्र जैनले यसको संवत् संवत्सरशते षट्षष्ट्युत्तरे = गुप्तसंवत् १६६ पढेका छन् (‘जर्नल् अप्m दि एप्इग्य्राप्mइक्ल् ससाइइटि अप्m इन्डिअ, मैसूर्’ ४ ठेली, ई.सं. १९७७, ६२–६६ पृ.मा छापिएको भनी पृथ्वीकुमारद्वारा उद्धृत) । परमेश्वरीलाल गुप्त, ‘प्राचीन भारत के प्रमुख अभिलेख’, ५ संस्करण, विश्वविद्यालय प्रकाशन, वाराणसी, ई.सं. २००८, १८५ पृ.मा रमेशले यस अभिलेखको संवत् संवत्सरशतेष्टषष्ट्युत्तरे पढेको चर्चा छ) ।
४)     एकनवत्युत्तरेब्दशते गुप्तनृपराज्यभुक्तौ श्रीमति प्रवद्र्धमानमहाचैत्त्रसंवत्सरे माघमासबहुलपक्षतृतीयायाम् = गुप्तसंवत् १९१ महाचैत्रसंवत्सर माघकृष्णतृतीया (फ्लिट, २३ संख्या) ।
५) संवत्सरशते नवनवत्युत्तरे गुप्तनृपराज्यभुक्तौ महामाग्र्गशीर्षसंवत्सरे कात्र्तिकमासदशम्यां संवत्सर १९९ महामार्गवर्षे कात्र्तिकदि १० = गुप्तसंवत् १९९ महामार्गशीर्षसंवत्सर कार्तिकको १० दिन (हीरालाल, ‘बेतुल् प्लेट्स् अप्m संक्षोभ, ‘इपिग्राफिय इन्डिक’ ८ ठेली, ई.सं. १९०५–१९०६, २८४–२९० पृ.) ।
६) नवोत्तरेब्दशतद्वये गुप्तनृपराज्यभुक्तौ श्रीमति प्रवद्र्धमानविजयराज्ये महाश्वयुजसंवत्सरे चैत्रमासशुक्लपक्षत्रयोदश्याम् = गुप्तसंवत् २०९ महाश्वयुजसंवत्सर चैत्रशुक्लत्रयोदशी (फ्लिट, २५ संख्या) ।
७) आषाढसंवत्सरे चैत्रामावास्यायां = आषाढसंवत्सर चैते औँसी । संवत्सरशतत्रये द्वाविङ्शे कार्तिकशुदि ५ =
(चेदि)संवत् ३२२ कार्तिकशुक्लपञ्चमी । (वासुदेव विष्णु मिराशी, ‘इन्स्क्रिप्सन्ज् अफ द कलचुरि–चेदि ईर्अ’ २ भाग, गभ्अर्न्मेन्ट इपिग्य्राप्mइस्ट फर इन्डिअ, ऊतक्यामन्द, ई.सं. १९५५, १२० संख्या) ।
बार्हस्पत्य संवत्सर र कुनै राजाको राज्यवर्षमा मिति दिइएका ३ वटा अभिलेख छन्—
१) राज्यसंवत्सरे पञ्चदशे भाद्रपदे कात्र्तिकस्य बहुलपञ्चम्यां सं १५ कार्तिकब ५ = राज्यसंवत् १५ भाद्रपद(संवत्सर) कार्तिककृष्णपञ्चमी (वासुदेव विष्णु मिराशी, ‘द राष्ट्रकूटस् अप्m मानपुर’, ‘यान्अल्ज् अफ द भाण्डार्कर् अर्इअन्टल् रिसर्च् इन्स्टिट्युट्’ २५ ठेली, ई.सं. १९४४, ३६–५० पृ.) ।
२) आत्मनः राज्यस्य तृतीये वर्षे पौषे संवत्सरे कात्र्तिकमासबहुलपक्षे दशम्यां तिथौ उत्तराभद्रपदे नक्षत्रे = आफूले राज्य गर्न थालेको तेस्रो वर्ष पौषसंवत्सर कार्तिककृष्णदशमी उत्तरभद्रनक्षत्र (जोन फेथ्फुल फ्लीट, ‘स्यान्स्क्रिट् यान्ड् ओल्ड् कनारीज् इन्स्क्रिप्शन्ज्’, ‘दि इन्डिअन् यान्टिक्वेरि’ ७ ठेली, ई.सं. १८७८, ३५–३७ पृ.) ।
३) स्ववैजयिके अष्टमे वैशाखे संवत्सरे कात्र्तिकपौण्र्णमास्याम् = आफ्नो विजयराज्यको आठौँ वर्ष वैशाखसंवत्सर कार्तिकपूर्णिमा (जोन फेथ्फुल फ्लिट, ‘स्यान्स्क्रिट् यान्ड् ओल्ड् कनारिज् इन्स्क्रिप्सन्ज्’, ‘दि इन्डिअन् यान्टिक्वेरि’ ६ ठेली, ई.सं. १८७७, २४–२५ पृ.) ।
खालि बार्हस्पत्य संवत्सरमा मात्र मिति दिइएका अभिलेख पनि २ वटा मात्र छन्—
१) महामाघे संवत्सरे कात्र्तिकमासदिवस १९ = महामाघसंवत्सर कात्तिक महिनाको १९ दिन (जोन फेथ्फुल फ्लिट, ‘इन्स्क्रिप्सन्ज् अप्m दि अर्लि गुप्त किङ्ज् यान्ड् देर् सव्mसेस्अर्ज्’, २४ संख्या) ।
२) महाश्वयुजसंवत्सरे माघमासपौण्र्णमास्याम् = महाश्वयुजसंवत्सर माघपूर्णिमा (जिभी. श्रीनिवास राव, ‘सिरिपुरम् प्लेट्स् अप्m अनन्तवर्मन्, लर्ड् अप्m कलिङ्ग’, ‘इपिग्राफिय इन्डिक’ २४ ठेली, ई.सं. १९३७–१९३८, ४७–५२ पृ.) ।
बार्हस्पत्य संवत्सर र अर्को एउटा संवत्मा मिति दिइएको चाबहिलको शिलालेखमा त्यो अर्को संवत् शकसंवत् भनी मानिएकाले त्यो संवत् ४२१ असार महिनालाई वि.सं. मा परिवर्तित गर्दा ५५७ हुन जान्छ । भारतमा पाइएका बार्हस्पत्य संवत्सरको पहिलो अभिलेखमा गुप्तसंवत् १५६, दोस्रोमा १६३,  तेस्रोमा १६८ र चौथोमा १९१ भएकोले तिनलाई वि.सं.मा बदल्दा क्रमशः ५३२, ५३९, ५४४ र ५६७ हुन जान्छ । यसैले अखिल भारतवर्षका अभिलेखलाई दृष्टिगत गर्दा चाबहिलको शिलालेख बार्हस्पत्य संवत्सरको प्रयोगको चौथो उदाहरण बन्न गएको छ ।
राजा जयवर्माको सालिकमा कुँदिएको अभिलेखलाई नगन्ने हो भने, राजा मानदेवको पालादेखि मात्र अनवरत रूपले अभिलेख पाइन्छन् । उनकै पालामा वैष्णव, शैव, सौर र शाक्त सम्प्रदायका मात्र अभिलेख अहिलेसम्म पाइएका थिए । बौद्ध धर्मसँग सम्बद्ध चाबहिलको यस शिलालेखको समय निश्चित नभइरहेको अवस्थामा यो शिलालेख (शक)संवत् ४२१ तदनुसार वि.सं. ५५७ को हो भन्ने कुरा यसको हालै पाइएको खण्डबाट थाहा भएकोले प्राचीन कालदेखि नै यहाँ बौद्ध धर्म चलेको कुरा प्रामाणिक ढंगले सिद्ध भएको छ ।
शंकरमान राजवंशी (वि.सं. १९८१–२०५६)ले ४० वर्ष जतिअगाडि र दिवाकर आचार्यले १० वर्ष जति अगाडि चाबहिलको शिलालेखमा पाइएको बार्हस्पत्य संवत्सरको गणना आआफ्ना ढंगले गरेको कामको बैठान अब यस शिलालेखको हालै भेट्टाइएको खण्डमा प्रचलित संवत् पनि भएकोले दुवै संवत्को मिलान गरी यसको गणना गर्नुपर्ने भएको छ ।



 स्रोत:- वि.सं २०७८ कार्तिक ४ बिहीबार नया पत्रिकामा प्रकाशीत। 

https://jhannaya.nayapatrikadaily.com/news-details/48/2019-03-16?fbclid=IwAR2Fc0uFiIDFWemPutJEMkg2TEOljFhL82bf0D9StGRLk8fTbmn8pcMUU84

Monday, October 18, 2021

अहिंसा र हिंसा : राज्यनीतिमा कसरी अन्तःसम्बन्धित छन् ?

डा. निर्मलमणि अधिकारी :- “वैज्ञानिक सत्ययुग” लक्ष्य लिनेले अहिंसा र हिंसाको अन्तःसम्बन्धलाई कसरी हेर्ने भन्ने सवाल प्रस्तुत लेखको मुख्य विषय हो । राज्यतन्त्रको क्रमविकास मान्ने हो भने राज्यको अस्तित्त्व नहुँदैको अवस्थामा पहिले ‘ऋत’को र दोस्रो चरणमा ‘धर्म’ (‘धम्म’) को शासन चलेको थियो भन्ने साक्ष्य वैदिक, जैन र बौद्ध परम्पराका वाङ्मयहरूबाट पाइन्छ । ‘दण्डनीति’को चरण तेस्रोमा पर्छ । आधुनिक युगमा ‘कानुन’को शासन राज्यतन्त्रको मानक बनेको छ । ‘कानुन’लाई प्रतिमान नमानेर ‘मताग्रह’ (आइडियोलोजी) लाई मुख्य साधन मान्नेहरू पनि आधुनिक युगकै हुन् ।

‘ऋत’को शासनको युगमा अहिंसा र हिंसाको उहापोह गर्नु पर्ने नै थिएन । अझ भनौँ भने ‘ऋत’को युगमा हिंसाको उल्लेखै आवश्यक थिएन । ‘धर्म’को शासनको युगमा कम्तीमा पनि अवधारणात्मक हिसाबले अहिंसा र हिंसाको द्विविध विकल्प मानव समाजमा रहेको बुझिन्छ । तीमध्ये अहिंसा नै श्रेष्ठ हो भन्ने जोड त्यहाँ दिइएको देखिन्छ । ‘धर्म’को युगमा हिंसा पनि एक विकल्प हो भन्ने जानकारी दिइएको भएतापनि अहिंसालाई नै आदर्श व्यवहार मानिएको थियो ।
‘दण्डनीति’को युग भनेको राज्यको शक्तिशाली अस्तित्त्व र निर्णायक शक्ति भएको युग हो । त्यहाँ हिंसा अनिवार्य तत्त्व हो । हिंसाको भूमिका र दायरा बढेको आधुनिक कालखण्डमा त्यसको निराकरण गर्न सकिन्छ कि भन्ने आशा सहित ‘कानुन’को शासनको मान्यता अघि बढाइएको देखिन्छ । अर्कोतिर ‘मताग्रह’बाट आक्रान्तहरूको क्रान्तिमा हिंसाको निर्द्वन्द्व एवं निर्मम उपस्थिति प्रायः देखियो ।

नेपालमा वि.सं. २००७ सालपछि नेपालीजनले ‘कानुन’को शासन मान्ने पार्टी, ‘मताग्रह’को प्रभुत्त्वका लागि स्थापित पार्टीका अनेकौँ गुटहरू र ती दुइटैबाट केही केही लिएर ‘दहीच्युरा’ तयार पारी माथिबाट “हावापानी र माटो सुहाउँदो” भन्ने सुनौलो जलप लगाएको व्यवस्था देखे । वैचारिक धार “सोशल डेमोक्रोशी” भनिएको पार्टीको मूल वा जरो पनि मताग्रही “समाजवाद” नै रहेको हुनाले कहिलेकाहिँ हिंसात्मक क्रान्तिमा हाम्फालेको देखिन्छ तापनि त्यो पार्टीमा बहुतायत चाहिँ ‘कानुन’को शासन मान्ने नै रहेको देखिन्छ । रुस, चीन, उत्तर कोरिया लगायतका “क्रान्ति” बाट प्रेरित अनेकौँ गुटहरू उनीहरूका जन्मको मूल वा जरो नै ‘मताग्रह’ भएको हुनाले हिंसा प्रिय हुनु स्वाभाविक थियो । संसदीय प्रतिस्पर्धामा भाग लिएर सत्तामा पुगिसक्दासम्म पनि तिनीहरूमा ‘कानुन’को शासन रणनीतिक प्रतिबद्धता मात्र र मताग्रही हिंसात्मक दृष्टिकोण चाहिँ मुख्य प्रवृत्ति देखिन्छ । उपरोक्त पृष्ठभूमिमा हिंसात्मक ‘मताग्रही’ शासनलाई पूर्णतः अस्वीकार गर्ने र ‘कानुन’को शासन सुनिश्चित गर्दै उत्तरोत्तर ‘दण्डनीति’को शासन र ‘धर्म’को विवेकको शासन हुँदै अन्ततोगत्वा ‘ऋत’को शासनको युगमा पुग्ने गरी “वैज्ञानिक सत्ययुग” लक्ष्य लिनेले अहिंसा र हिंसाको अन्तःसम्बन्धलाई कसरी हेर्ने भन्ने सवाल प्रस्तुत लेखको मुख्य विषय हो ।
सहृदयता दर्शनको दृष्टिबिन्दुबाट हेर्ने हो भने व्यक्तिको तहमा अहिंसा परम् धर्म हो । परिवार र कुटुम्ब पनि अहिंसामै सुखी हुन्छन् । समाजको तहमा पनि अहिंसा परम् धर्म हो । राज्यको परिप्रेक्ष्यमा हिंसा र अहिंसाको सन्तुलन आवश्यक पर्छ, जुन जटिल हुन पनि सक्छ । कुनै पनि राज्यले हिंसालाई त्यागेर अहिंसा मात्र अवलम्बन गर्न सक्दैन किनभने
(१) राज्यको उद्भव र विकास नै हिंसाको निराकरणका लागि काँडाले काँडा झिक्न सक्ने (आवश्यक परेको अवस्थामा हिंसाले हिंसालाई दबाएर मत्स्यन्यायको अवस्था हुन नदिने) शक्तिशाली निकायको रूपमा भएको हो,
(२) राज्यले हिंसाको आवश्यक उपयोग गर्न सकेन भने समाजमा रहेका हिंस्रक, अपराधी, अन्यायी, आततायीहरूलाई दण्ड दिन सक्दैन, र
(३) आवश्यक परेको बेलामा हिंसा गर्न नसक्ने राज्यलाई हिंसा गर्न सक्ने अर्को राज्य वा सामान्य लुटेरा समूहले समेत सजिलै कब्जा गर्न सक्छ । आफ्नो अस्तित्व जोगाउन पनि राज्यले हिंसालाई अनिवार्य सामथ्र्यका रूपमा लिइराख्नै पर्ने हुन्छ ।
अहिंसालाई परम् धर्म मान्ने उपदेश वेदमै छ । जैन धर्ममा अहिंसा त धर्मको केन्द्र नै हो भन्नु अत्युक्ति हुँदैन । बौद्ध धर्ममा पनि अहिंसाको बडो महत्त्व छ । व्यक्ति, कुटुम्ब, समाज र राज्यको तहबाट हेर्ने हो भने यो प्रकरण झन् स्पष्ट हुन्छ । व्यक्तिको तहका लागि अहिंसामा जोड ज्यादै छ । कुटुम्ब र समाजका लागि पनि अहिंसा नै सर्वोपरि देखिन्छ । आधुनिक युगमा गान्धीको अभियान समाजको तहका लागि बढी केन्द्रित हुनाले अहिंसामा जोड दिनु स्वाभाविक थियो । तर व्यक्ति र समाजका लागि भनिएका कुराहरूले राज्यको परिप्रेक्ष्यमा अतिक्रमण गर्ने परिस्थिति जब आयो, तब के भयो भन्ने इतिहास साक्षी छ । भारतवर्षको ठूलो भूभाग विदेशी विधर्मी पराईले सजिलै जित्ने स्थिति किन आयो र फिरङ्गीहरूले छोड्ने बेलामा पनि टुक्रा टुक्रा पारेर, शत्रु देशहरू बनाएर जान सक्ने अवस्था किन आयो भन्ने कुरा बुझौँ ।
हिंसा र अहिंसालाई समुचित सन्तुलन कसरी गर्ने भन्ने बुझ्न, वैदिक ग्रन्थ पढ्न सकिएन भने पनि, आजभन्दा लगभग २३ शताब्दी अगाडिको ग्रन्थ अर्थशास्त्र मात्रै पढे त जान्न सकिहालिन्छ । महाभारतमा राज्यतन्त्रका लागि सान्दर्भिक प्रकरणहरूमा पनि अहिंसाको महिमा स्वीकार गर्दै राज्यको अस्तित्त्व र प्रभावकारितासँग हिंसा अविच्छिन्न रहेको तथ्य अवलम्बन गरिएको पाइन्छ । मनुस्मृति र शुक्रनीति पनि उपर्युक्त विचार स्वीकार्छन् । जसरी औषधी बनाउन बिख् (विष) पनि चाहिन्छ, त्यसरी नै समाजमा अहिंसा कायम गर्न राज्यले हिंसा प्रयोग गर्नै पर्ने हुन्छ भन्ने मान्यता हाम्रा राजधर्मशास्त्रका आचार्यहरूको देखिन्छ ।
राज्यले हिंसाको प्रयोग पनि आफ्नै नागरिक मार्फत् गर्ने हो, तसर्थ आफ्ना नागरिकमध्ये केहीलाई हिंसा गर्न सक्षम बनाएर राखिराख्नु पनि राज्यको बाध्यता हुन जान्छ । राज्यले यो कार्य समाजसँगको सहकार्यमा गर्छ । तसर्थ, राज्यको वैधानिक अधिकारको दायरामा रहेर हिंसालाई अवलम्बन गर्न तत्पर व्यक्तिहरू समाजमा जहिल्यै राखिराख्नु राज्यको र समाजको अनिवार्य आवश्यकता हुन्छ । समाजमा क्षत्रीय वर्णको अस्तित्त्व र महत्त्वको यो कडी नबुझी राज्यतन्त्रको समुचित विश्लेषण गर्न सकिँदैन । आधुनिक युगमा क्षात्र गुण जन्मना मात्र नमानिएको हुनाले सैन्य सेवामा सहभागिताको दायरा झन् विस्तारित भएको बुझ्न सकिन्छ ।
हिंसा गर्न जान्ने र सक्ने व्यक्तिहरूको व्यवहारलाई सामान्य दैनन्दिन जीवनमा हिंस्रकताले किच्न नपाओस् र युद्धकाल वा सङ्कटकालमा हिंसा गर्न सक्ने क्षमता प्रबल होस् भनेर उनीहरूको चरित्र निर्माण सोही अनुसार गरिएको हुन्थ्यो । उक्त व्यक्तिहरूलाई हिंसाको प्रयोग व्यक्तिगत स्वार्थको लागि दुरुपयोग गर्ने अधिकार हुँदैन, जहिल्यै समाजको नैतिक मान्यता र राज्यको वैधानिक अधिकारको दायरामा मर्यादित रहेर हिंसाको प्रयोग हुनु नै आदर्श स्थिति मानिन्छ । जे होस्, राज्यको परिप्रेक्ष्यमा हिंसा पनि अहिंसा जस्तै अनिवार्य, अपरिहार्य, आवश्यक हो ।
व्यक्तिको तहमा अहिंसा साधारण धर्म हो र हिंसा अपवाद हो । समाजका तहमा पनि अहिंसा नै साधारण धर्म हो र हिंसा अपवाद हो । राज्यको परिप्रेक्ष्यमा अहिंसा र हिंसा दुवै विशेष धर्म हुन् (साधारण धर्म होइनन्) । यसरी अहिंसा र हिंसा दुइटै अनिवार्य भएको हुनाले राज्यको परिप्रेक्ष्यमा अहिंसा र हिंसालाई सातत्यको सम्बन्धमा हेर्नु पर्छ ।
“मार्क्सवाद”, “लेनिनवाद”, “माओवाद” वा “माओ विचारधारा” मान्नेहरूलाई एउटा संज्ञाले जनाउने हो भने ‘मताग्रहवादी’ भन्न सकिन्छ । ती ‘मताग्रहवादी’को हिंसा प्रियताको इतिहास जगजाहेर छ । “मेकियावेलीवादी” तथा उदारवादको मुखौटो लगाएका निर्लज्ज नाफाखोर “साम्राज्यवादी”/“उपनिवेशवादी” को हिंसा प्रियता पनि मानव इतिहासमा देखिसकिएको हो । ‘मताग्रहवादी’को व्यवहार हेर्दा अहिंसालाई उनीहरू मान्दैनन्, तर रणनीतिक दुरुपयोग गर्न सक्छन् भन्नु पर्ने हुन्छ ।
सामान्यतया अहिंसा र हिंसालाई परस्पर विरोधी अवधारणा र व्यवहार मानिन्छ । तर राज्यको परिप्रेक्ष्यमा अहिंसा र हिंसा दुवै विशेष धर्म भएका हुनाले तिनीहरूको सोलोडोलो वैरोध्य मानेर राज्यले व्यवहार गर्न सम्भव हुँदैन । अर्थात् अहिंसा र हिंसालाई परस्पर विरोधी दुई फक्लेटे (बाइनरी) विकल्पहरू मानेर गरिने विश्लेषणले राज्यको परिप्रेक्ष्यमा अहिंसा र हिंसाको व्यावहारिक समाधान हुँदैन । यहाँ यो वा त्यो भन्ने सवाल होइन र सवाल दुइटैको अनिवार्य व्यवहारलाई कसरी सन्तुलन गर्ने भन्ने हो । त्यो समाधान सहृदयता दर्शनमा निहित छ ।
सहृदयता दर्शन अनुसार राज्यले अहिंसा र हिंसालाई सातत्यको सम्बन्धमा लिनु पर्ने हुन्छ । साथै, कुनै घटना वा पघिटनामा हिंसा वा अहिंसाको व्यवहारलाई पारिस्थितिक सम्भाव्यताको नियम लगाएर विश्लेषण गर्नु पर्ने हुन्छ जहाँ अहिंसा र हिंसालाई सातत्यको सम्बन्धमा सम्बद्ध विकल्पहरू हुन्छन् । यसको तात्पर्य के हो भने कुनै घटना वा परिघटनामा सीमित वा केन्द्रित भएर अहिंसा वा हिंसा कस्तो व्यवहार राज्यले गर्ने भन्ने निर्णय गर्दा उक्त घटना वा परिघटनाको र त्यसलाई सम्बोधन वा निराकरण गर्न लिइने अहिंसा वा हिंसाको नीतिको सम्मेयता वा असम्मेयता के हुन्छ भनेर विश्लेषण गर्नु पर्ने हुन्छ । असम्मेयता दोष हो र राज्यको निर्णयमा सम्मेयता हुनै पर्छ । आततायीलाई सजायँ दिन हिंसा आवश्यक पर्छ, तर हिंसालाई दुरुपयोग गर्नु हुँदैन ।
वर्तमान युग ‘ऋत’को युग होइन । अहिले हिंसाको निर्द्वन्द्व र निर्मम दुरुपयोग गर्ने ‘मताग्रहवादी’ तथा हिंसालाई आफ्नो शासनसत्ताको स्वार्थका लागि दुरुपयोग गर्न नहिच्किचाउने ‘कानुन’को शासनका पक्षधरहरूकै हालीमुहाली चलिरहेको युग हो । यस्तो परिवेशमा सहृदयता दर्शनका अनुयायीहरूले अहिंसा र हिंसाको सातत्यको सम्बन्ध जानेर देश, काल, परिवेश अनुसार व्यवहार गर्नु नै बुद्धिमत्ता हुन्छ । हो, हाम्रो लागि हिंसाको प्रयोग काँडाले काँडा झिक्ने प्रयोजनका लागि हो । हाम्रो मूल चरित्र अहिंसा नै हो । हाम्रो अभीष्ट अहिंसाको प्रभुत्त्व नै हो । तर राज्यतन्त्रमा अहिंसा र हिंसाको व्यवहार तिनीहरूलाई परस्पर विरोधी विकल्पहरू मानेर होइन, तिनीहरूको सातत्यको सम्बन्ध बुझेर एवं सम्मेयताको नियमलाई विचार गर्दै काँडाले काँडा झिक्न हामी सदैव तत्पर रहनु पर्छ ।
सातत्यको सम्बन्धको विशेषता अनुसार ‘ऋत’को अभाव भएको अवस्थामा अहिंसा र हिंसा परस्पर विपरित (१ सय ८० डिग्री जस्तो) हुन्छन्, तर ‘ऋत’को शासनमा हिंसाको पृथक् अस्तित्त्व आवश्यक हुँदैन किनभने अहिंसामै त्यो तिरोहित हुन्छ (३ सय ६० डिग्री र शून्य डिग्री एउटै भएजस्तो) । मानवमा जन्मजात् वा प्राकृतिक रूपले नै हुने नौ भावहरू (रति, शोक, हास, क्रोध, उत्साह, भय, जुगुप्सा, विस्मय र सम) र सम्बद्ध रसहरू (शृङ्गार, करुण, हास्य, रौद्र, वीर, भयानक, विभत्स, अद्भूत र शान्त) को अन्तःसम्बन्ध बुझ्ने हो भने पनि सहृदयता दर्शनमा अहिंसा र हिंसालाई सातत्यको सम्बन्धमा हेरिएको कारण जान्न सकिन्छ । तसर्थ, पात्र, पात्रता, पद्धति र देश–काल–परिस्थिति विचार नगरी निरपेक्ष तरिकाले अहिंसा कि हिंसा भनेर दुई फक्लेटे कित्ताकाट गर्न उपयुक्त हुँदैन । व्यक्तिको, परिवारको, कुटुम्बको एवं समाजको चरित्रमा अहिंसा गुणको सर्वोपरिता र राज्यको चरित्रमा अहिंसा तथा हिंसाको समुचित व्यवहार गर्न सक्नु पर्छ । राज्यका लागि आवश्यक जनशक्ति नागरिक समूहबाटै प्राप्त हुने भएकाले समाजले आवश्यकीय हिंसा प्रयोग गर्न जानेका प्रशिक्षित जन वा नागरिक तयार पारिराख्ने जिम्मेवारी पाएको हुन्छ । यदि राज्यको आवश्यकता र समाजको जनमानसिकतामा सम्मेयता भएन भने सङ्कट र अवाञ्छित सङ्घर्ष समेत हुन सक्छ ।
यसको तात्पर्य के हो भने राज्यले देश, काल, परिस्थिति अनुसार अहिंसात्मक वा हिंसात्मक दण्डनीति अवलम्बन गर्छ । अर्थात्, राज्यका लागि हिंसा साधन (उपकरण) मात्र हो र अन्ततोगत्वा प्रभुत्त्व स्थापित गर्न खोजिएको अवस्था (साध्य) चाहिँ अहिंसा नै हो भन्नु सहृदयता दर्शनसँग तादात्म्य राख्ने निष्कर्ष हो । यो निष्कर्षले एकातिर राज्यको उद्भवसँग स्वतः सम्बद्ध हिंसाको अनिवार्य अस्तित्त्वको यथार्थलाई जान्दछ भने अर्कोतिर मानवको सुखापेक्षी विशेषतालाई पनि आत्मसात् गर्छ । धर्म (धम्म) को विवेक अवलम्बन गर्ने परिस्थिति बनिसक्दा राज्यतन्त्रमा पनि अहिंसाको प्राधान्य वा प्रभुत्त्व हुन्छ भने ‘ऋत’को शासन त राज्यतन्त्रको सीमामा बाधित वा सीमित अवस्था अवश्यै होइन । ‘ऋत’को शासन हुने भएकाले “वैज्ञानिक सत्ययुग” को प्रवर्त्तन भइसकेको अवस्थामा हिंसा र अहिंसाको द्वैविध्य नै रहँदैन किनभने सहृदयता सबैजनाको स्वाभाविक चरित्र हुने भएकाले अहिंसा नै व्यवहृत हुन्छ ।

स्रोत:-  adhikary.wordpress.com

https://adhikary.wordpress.com/2021/05/31/%e0%a4%85%e0%a4%b9%e0%a4%bf%e0%a4%82%e0%a4%b8%e0%a4%be-%e0%a4%b0-%e0%a4%b9%e0%a4%bf%e0%a4%82%e0%a4%b8%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf/

दशैंबारे जान्नैपर्ने पाँच तथ्य

महेशराज पन्त:- दशैंबारे मैले अखबारी लेखहरू तथा आफ्ना विभिन्न पुस्तकहरूमा लेखिसकेको छु । यद्यपि अहिले पनि दशैंबारे धेरै भ्रम व्याप्त छ । मानिसहरूले तथ्य र प्रमाणविनै आ–आफ्नो तरिकाले यो चाड कसरी सुरु भयो, कहिलेदेखि सुरु भयोजस्ता तर्क पेश गर्दै आएका छन् । यसले गर्दा सामान्यजनदेखि प्रबुद्ध व्यक्तिलाई समेत भ्रम पर्न गएको छ । पाठकको सहजताका लागि दशैंबारे अति सामान्य केही कुरा बुँदागत रूपमा उल्लेख गरेको छु :
१. दशैं मुख्यतः सामरिक चाड हो । समर अर्थात् लडाइँ, काटमार तथा बलिसँग दशैं बढी सम्बन्धित छ । हाम्रो धर्मशास्त्रअनुसार चारै वर्णको आ–आफ्ना प्रमुख चाड छन् । जस्तोः ब्राह्मणको लागि जनैपूर्णिमा, क्षेत्रीको दशैं, वैश्यको लक्ष्मीपूजा र शुद्रको फागुपूर्णिमा । यसर्थ ब्राह्मणले दशैं नमाने पनि अपराध हुँदैन । ब्राह्मणको सबैभन्दा विशिष्ट चाड जनैपूर्णिमा (जसलाई ऋषितर्पणी पनि भनिन्छ) हो ।
आज दशैं बहुसंख्यक नेपालीको चाड भएपनि प्राचीन वाङ्मयमा जनैपूर्णिमा, तिहार र फागुका दाँजोमा दशैंको चर्चा निकै कममात्र भेटिन्छ । हामीले तीनै प्राप्त प्रमाणका आधारमा दशैंबारे चर्चा गर्यौं भनेमात्र सहीसत्य थाहा हुन्छ ।
२. पुराना अभिलेख केलाएर हेर्दा नेपालमा दशैं मान्ने गरेको सन्दर्भ वि.सं १४३२ सम्म पुर्याउन सकिन्छ । कतिले पृथ्वीनारायण शाहपछि मात्र राज्यले संस्थागत रूपमा दशैं मनाउन थालेका हुन् भन्छन् । तर मल्ल राजाहरूले आफ्नो दरबारमा धूमधामसँग दशैं मनाएको प्रमाण प्रशस्त छन् ।
– यता लिच्छवीकालका अभिलेखमा दशैंको चर्चा खासै नआएको भएपनि वि.सं ५६० को राजा मानदेवकामे पालाको एउटा शिलालेखमा भगवतीको चर्चा आएको छ । योभन्दा धेरै प्रमाण त्यतिबेलाको समयको भेटिएको छैन ।
– यस्तै नेपाल संवत् ७९८ तदनुसार वि.सं. १७३५ को विजयादशमी अर्थात् दशैंको टीकाको दिन मल्ल राजा नृपेन्द्र मल्ल र गोरखाली राजा पृथ्वीपति शाहले हनूमान्ढोका दरबारको मोहनचोकमा मीत लाएका थिए । यसबाट यी दुवै राजाले दशैंलाई कति महत्त्व दिन्थे भन्ने बुझिन्छ ।
– मल्लकालमा राजा र राज्य भनेको एकै थिए । पश्चिमा देशमा जस्तो राजा र राज्यको सम्पत्ति फरक–फरक हुने भन्ने थिएन । यसैले राजाले दशैं मनाउनु भनेको समग्र राज्यले नै हर्षबढाइँका साथ दशैं मनाउनु हो । पृथ्वीनारायण शाह काठमाडौं आएपछि भने दशैंको फूलपातिले विशेष महत्त्व पायो । कर्मचारीलाई बिदा दिने, फौजलाई विशेष भत्ता वा दशैं खर्च दिने चलन सुरु भएको भन्न सकिन्छ । अर्थात् विस्तारै दशैंले समाजमा बढी महत्त्व पायो ।
३. अक्सर दशैं मनाउँदा नेवारहरूले फूलपाती गर्दैनन् भन्ने कुरा पनि चल्दै आएको छ । तर काठमाडौं खाल्डोमा उनीहरूले फूलपाती मनाएका केही तथ्य र प्रमाण भेटिएको छ । ने.सं. ७८९ तदनुसार वि.सं १७२६ मा आश्विन शुक्लसप्तमीका दिन पत्रिकास्थापन अर्थात् फूलपातीको विधि गरिएको कुरा एउटा टिपोटमा आएको छ ।  साथै मल्लकालमा लेखिएको ‘वर्षक्रिया’ भत्रे पद्धतिको पुस्तकमा फूलपातीको चर्चा आएकाले उनीहरू फूलपाती मान्दै मान्दैनथे भन्न गाह्रो छ । (यो कुरा गौतमवज्र वज्राचार्यको ‘हनुमानढोका राजदरबार २०३३’ पुस्तकको पृष्ठ १८६–१८७ मा उल्लेख छ)
४. महानवमीका दिन हतियार पूजा गर्नु भनेको अर्को राज्यमा आक्रमण जानका लागि तयारी गर्नु हो । मध्यकालमा वर्षा सकिएपछि शरद ऋतुमा खोलानाला सफा हुने भएकाले अर्को राज्यमा आक्रमण जाने चलन थियो । शरद ऋतुमा विजिगीषु राजाहरूले विजययात्रा गर्ने कुराको बयान काव्यहरूमा पाइन्छ । दशैं यो पाटोबाट हेर्दा राज्यविस्तार गर्ने उत्सव हो । (यो कुरा कालिदासको काव्य रघुवंशको (४।२४–२६) मा उल्लेख गरेकाले यसलाई उदाहरण मान्न सकिन्छ)
अर्कोतिर दशैंका विभिन्न दिनमा क्रमशः हात्तीको पूजा गर्ने, घोडाको पूजा गर्ने प्रमाण सातौं शताब्दीतिरै भेटिन्छ ।
– ललितपुरका राजा श्रीनिवास मल्लको ने.सं. ७८६ तदनुसार वि.सं. १७२३ को एउटा सुवर्णपत्रमा उनले दरबारमा मूलचोक तयार पारी, त्यही चोकको बीचमा महानवमीको दिन आफ्नो इष्टदेवता यन्ताजुको पूजाको लागि मन्दिर बनाएको उल्लेख छ । त्यहाँ बर्सेनि महानवमीको पूजा चलाउनको लागि एक ठाउँको करबाट आउने रकम पनि श्रीनिवास मल्लले छुट्टायाए ।
५. कतिपयले दशैंमा बजाइने ‘मालश्री’ धुन नेपाल भाषाको म्यालीबाट आएको हो भनेका छन् । म्याली भनेको सहनाई हो । यो गलत हो । मालश्री धुन हाम्रो प्राचीन संस्कृत वाङ्मयमै उल्लेख छ । अर्र्कोतिर एकथरि नेवारहरू दशैं भनेको अर्कै हो, मोहनी भनेको अर्कै हो भन्छन् । खासमा दशैं भनेको दशमी शब्दको अपभ्रंस हो । मोहनी भनेको महानवमीको अपभ्रंस हो ।
(इतिहासकार पन्तसँग निर्भीकजंग रायमाझीले गरेको कुराकानीमा आधारित ।)
स्रोत:- 
२०७८ असोज २६ गते ९:१६ मा अनलाईखबरमा प्रकाशित
https://www.onlinekhabar.com/2021/10/1025514

Friday, October 1, 2021

अमान्य संज्ञाः 'आदिवासी’

सौरभ:- राम्रै भयो संविधान नबनेको । किनभने जातीय 'इन्जिनियरिङ' गरेर एउटै देशभित्र कसैलाई पहिलो दर्जाको र कसैलाई दोस्रो दर्जाको नागरिक बनाउने माओवादी धृष्टता पहिला गल्नैपर्छ । यद्यपि राज्यले दिएका अधिकार र अवसरमाथि सबैको समान पहुँच हुनुपर्छ भन्ने कुरामा शंका छैन । यथार्थ के भने पटक-पटक 'आदिवासी हौं' भनेर भइरहने एकपक्षको दाबीसँग सहमत हुने ठाउँ छैन ।

कुरा यसरी सुरु गर्दा पाठकहरूलाई बुझ्न सजिलो पर्नेछ । भाग पहिलो सन् १८५० मा पाल्पाबाट एउटा फूल काठमाडौं पुगेर देशैभरि छरियो, 'दहेला फूल' । अंग्रेजीको दालियाबाट नेपालीकरण भएको भए पनि यतिबेला लाहुरे फूलले चिनिन्छ यो, यसको सबैभन्दा ठूलो एसियाइ केन्द्र लाहोरबाट, नकि कुनै लाहुरे विशेषबाट । तर थकाली भाषामा 'पाल्पु मेन्दो' भनिने यसको नाममा परेको पाल्पु शब्द पाल्पाको निम्ति होइन, काठमाडौंका निम्ति हो । 

नेवार पुरुष र तिब्बती महिलाबाट सुरु भएको ठानिने थामीहरू सँगसँगै जस्तो बसोबास गर्ने जिरेलहरूमा त नेवार र पाल्पा थर नै हुन्छ । कलाकार अरनिकोको अर्को नाम पल्पु पनि हो, जसलाई बालकृष्ण समले संस्कृतकरण गरिदिए, बलबाहु । यी मंगोल सम्बन्धित तथ्यहरू हेर्दा लाग्छ, चिनियाँहरूले मध्यनेपाली पहाडी इलाकालाई राखेको एउटा पुरानो नाउँ 'पाल्पा' (खेत कुर्ने छाप्रो भएको ठाउँ) थियो । तर वि.सं. १६१६ मा काष्ठमण्डप बनेपछि यो अनौपचारिक नाउँ वर्तमान पाल्पामा अरू सीमित हुँदै गयो । यहाँनेर जिरेल र थामीहरू भएको भेग काभ्रेपलाञ्चोकको पला र सिन्धुपाल्चोकको पाल अंश पनि पाल्पासँग ध्वनि साम्यता राख्छन् भन्ने यथार्थ बिर्सन मिल्दैन ।

खेतसँग सम्बन्धित यो शब्दलाई नियाल्ने हो भने नरेन्द्रदेवको समय, छैठौं शताब्दीदेखि मात्रै नेपालमा धानखेती सुरु भयो र चन्दननाथले जुम्लामा ७ सय वर्ष अघिमात्रै चामल ल्याए भन्ने हाम्रा ऐतिहासिक लेखाइहरू सबै कोरा गफ हुन् । मार्सीमध्येको एउटा प्रजाति (कल्टिभार) कालो मार्सी उनले ल्याए, त्यति नै हो । यहाँनेर स्पष्ट भन्नुपर्दा चामल खानेलाई नवागन्तुक र कोदो वा अन्य खानेलाई आदिवासीमा दर्ता गर्न खोज्ने जेम्स फिसरको परोक्ष प्रयास नै हावादारी छ (ट्रान्स हिमालयन ट्रेडर्स, पेज ९२) ।

कारण स्पष्ट छ, मेक्सिकोबाट लाहुरे फूल संकलन गरिएको ६० वर्षभित्रमा पाल्पाको बाटो हुँदै जंगबहादुर राणाले त्यसलाई उपत्यका भित्र्याएका थिए । बारबाडोसबाट भुइँकटहर संकलित गरिएको १२ वर्षपछि नै १६६३ मा भक्तपुरमा त्यो देखापरेको थियो अर्थात् त्यस द्रुतगतिमा खाद्य वनस्पति विस्तार हुनजाने पृष्ठभूमिमा, चीनमा धानखेती सुरु भएको १३ हजार वर्ष र कोरियामा १५ हजार वर्ष भइसक्दा नेपालमा १५ सय वर्ष अघिमात्र धानखेती सुरु भयो भन्नुजस्तो वंशावलीहरूको मूर्खता र चामल खानेचाहिँ नयाँ आव्रजक हुन् भन्न खोज्ने नृवंश शास्त्रीय पटमूर्खता अर्को हुनै सक्दैन ।

अर्कोतिर ठ्याम्मै उल्टो कुरा के भने वणर्ाश्रमभित्र नपरेका विभिन्न जातजातिबीच लोकपि्रय कोदो (इल्युसिन कोकाना) को अंग्रेजी नाम नै 'अपि|mकन मिलेट' हो । किनभने त्यसको उत्पत्ति इथियोपियामा भएको हो । अनि त्यसको एसिया आगमनको प्राग्ऐतिहासिक उल्लेख चार हजार वर्षभन्दा पुरानो छैन । लिम्बु भाषामा चिलिङ्सेले चिनिने कागुनो पनि पूर्वी एसियाको रैथाने हो र चीनमै पनि यसको खेती ४७ सय वर्षअघि जाँदैन । तुम्ब्री अथवा परामाले चिनिने जुनेलो भूमध्य सागरीयदेखि मध्यएसियाइ हो । क्यावो अथवा साम्मोक्पाले चिनिने मीठे फापर मध्यएसियाइ हो, जसको चीनमै खेती पनि ४६ सय वर्षअघि जाँदैन । रैथाने चिनु (पनिकम मिलिकम) र नाफल (पनिसेटम टाइफइडस) को खेती पूर्वमा पाइएको छैन । मार्से (अमारान्थस कडाटस) अमेरिकाबाट भित्रिएको बढीमा चार सय वर्षमात्र भयो र जइ (अभेना साटिभा) उपत्यकामै पनि ८० वर्षमात्र । सामा(इकिनोक्ला फर्मान्सिया) तराईमा थोरै ठाउँमा मात्र पाइन्छ ।

तर चामलसँगको संगतले अन्य जाति हिन्दु वर्णवादको फेलापर्न पुगे भनेर ठाडै भन्ने फिसर लगायत लायोनेल कापलानजस्ता नेपालमा जातीय द्वन्द्वका प्रणेता पश्चिमाहरूले भेउ पाउन हम्मे पर्ने यथार्थ के हो भने नेपाली वणर्ाश्रमको विश्वमै दुर्लभ विशेषता 'जुठो' शब्दको 'जु' चामलबाट बनेकै होइन, रैथाने जांै/उवा (हर्डम भल्गार) बोधक संस्कृतको यवबाट हो । जसमा पश्चिम पहाडी भेगमा भातको बल छर्दा, यदाकदा सुनिने 'उँ ठहाय स्वहा' को ठहा शब्द जोडिएको छ र जुन सम्भवतः हुम्लाको रातो मार्सी हुने ठेहे इलाकाको देन हो । पूर्वी हिमाली ग्रामदेव 'पाङ'जस्तै पश्चिम हिमाली ग्रामदेव 'ठहा' हुन् पनि । ऐतिहासिक पात्र 'ठी नरेन्द्र' नाममा परेको ठीको लाक्षणिक अर्थ त्यसैले देवराजा हो भन्ने यसले संकेत गर्छ । यसको अर्थ हो, चामल खेतीभन्दा पनि अघिको जंगली अवस्थाको जौंबाट पारिवारिक शुद्धता (क्लान प्युरिटी) को सूत्रपात पश्चिमी हिमालमा हुनपुगेको छ, राईहरूको पराई, परदेशी र परचक्रीले प्रवेश नपाउने सुत्तुलुङ, फुत्तुलुङ र उत्तुलुङ देव रहेको पारिवारिक अगेनाजस्तै । स्पष्ट भन्नुपर्दा नेपाली वणर्ाश्रमको मौलिक आधार मनुस्मृति नै होइन ।

यही कारण हो, पहाडी वणर्श्रमयुक्त समाजमा वैश्यको उपस्थिति छैन । भएदेखि बहादुरहरूले देखाइदिनुपर्‍यो । जस्तो कि नेवार समाजमा कोजु, फैंजु, सैंजु र श्रेष्ट (संस्कृतको व्यापारी बोधक श्रेष्टीबाट श्रेष्ट, स्रेस्ता आदि) जस्तो वैश्य थरको स्पष्ट उपस्थिति छ र तराईमा त वणर्ाश्रमका तहहरूको शृङखला गनेरै भ्याइँदैन । जति दक्षिण लाग्यो, उति तहहरू बढ्दै जानुको अर्थ हो, वणर्ाश्रम दक्षिणी प्रभाव हो । यथार्थ के हो भने पहाडी समाज मूलतः अध्येता (भट्ट) र ग्रामरक्षक (अयडीर एडीर अरीर शत्रु सिकारी) को मात्रै हो । दलितको उपस्थितिको छुट्टै व्याख्याले नलम्याउँ । त्यहींनेर 'कालो बाहुन र गोरो दलित' भन्ने विसंगति पुष्करशमशेर राणाको उखान संग्रहले त्यसै दर्शाएको पनि होइन । किनभने पश्चिममा मानिसहरूको आगमन भएकै कस्मिरबाट हो, नकि महम्मद घोरीको दिल्लीबाट र ती कालो हुनु । इस्लामीकरणपूर्वको अफ्गान संस्कृति र पश्तो भाषाको प्रभाव त्यसै दृष्टिगोचर हुने गरेको होइन ।

शुक्ल यजुर्वेदमा उल्लिखित निवार (अराइजा निवारा) शब्दले नै पनि कोदोखेतीभन्दा धानखेतीको प्राचीनतालाई पुष्टि गर्छ । यद्यपि निवार जडान (टेम्परेट) जातिको नभएर केदार (ट्रपिकल) जातिको धान हो । उष्णीय भए पनि सिमसारमा छरिइने (नेवारीमा उला) भएकाले केदार लेख्नुपरेको हो र अझै पर, नेपाली वैज्ञानिकहरूले हिमालयको दक्षिण ढालबाट नै चामल र यसका इन्डिका, जापोनिका र जाभोनिकाजस्ता खेतीवर्गहरू विकसित भएको मानेका छन् । यसको अर्थ हो चीन, जापान, कोरियादेखि इन्डोनेसियासम्मको धानखेती नेपालबाट विस्तारित हँुदै गएको हो । भारतको त कुरै छोडौं । अर्थात् रैथाने र जंगली युगको उवाको सांस्कृतिक उपयोगीहरू आव्रजक हुने र आयातितको खेती गर्नेहरूचाहिँ आदिवासी हुने कुरा वैज्ञानिक हँुदै होइन । वणर्ाश्रममा नपरेकाको धर्म परिवर्तन गराउने पश्चिमा रणनीतिक खेलखालमात्रै हो ।

भाग दोस्रोयजुर्वेदको यो वाक्य पनि सम्झनामा आउनैपर्छ, 'ए औषधी तिमी साल र तेजपातको रूख नजिकै छौ ।' यो औषधी भनेको पश्चिम हिमालमै पाइने कूट (सासुरिया लापा) हो । साल (सरिया रवष्टा) र तेजपात (सिनामोमम तमाला) जुध्ने वनस्पति भौगोलिक इलाका (फाइटोज्योग्राफिक रेन्ज) भारतको उत्तराञ्चलदेखि भुटानसम्म रहेको छ अवश्य । तर अर्कोे वाक्य 'वसन्त कपिञ्जल चातक हो' ले तेजपातको रूखमा गुँड लगाउने तर पूर्वी नेपालमा नपाइने जातको कैलो भंगेरा (हिमालयन सिन्नामोमम स्पारो याने पासर रूटिल्यान्सर कपिञ्जललाई तित्रा र चातकलाई काकाकुल मानेर 'कपिञ्जल चातक'को अर्थ लाग्दैन) हो भनेर नेपालको ९१५-१५०० मिटरको भूभागलाई स्पष्टै तोकेको छ- जो नेपाल र यसको परिवेश बाहेक संसारको अन्य कुनै भूभाग होइन । साल, तेजपात र कैलो भंगेराको मिश्रति 'बायोज्योग्राफिक रेञ्ज' त्यही नै हो । त्यस वाक्यको 'वसन्त'ले अझै गहिरो माने राख्छ । किनभने सालको फूल फुलेपछि मात्रै वसन्त ऋतु सुरु हुन्छ, सालको फूलको रंग नै हो खास वासन्ती भनेको र पासर रूटिलान्सको छाती पनि वासन्ती नै हुन्छ- सिकारी चराहरूलाई झुक्याउनुपर्ने प्राकृतिक बाध्यताले ।

यसरी विश्वकै प्राचीनतम कृतिमै स्पष्ट देखिनेगरी नेपालको जैविक सम्पदाको मूल्यांकन गर्न आइसकेकाहरू के साँच्चै नै एघारौं शताब्दीमा महम्मद घोरीको आक्रमण व्यहोर्न नसकेर दक्षिणबाट उत्तर भागे Û पटक-पटकको यस्तो लेखाइ देखेर तीप्रति दयाबाहेक अरू केही गर्न सकिन्न- जो आफूलाई आदिवासी दाबी गरेर कहिल्यै थाक्दैनन् । यद्यपि पंक्तिकार जान्दछ, यस दाबीमा जसले जिते पनि देशले चाहिँ हार्नेछ । यो केवल प्राचीनताको एक झलकका निम्तिमात्रै पाठकहरूसमक्ष उठाइएको सन्दर्भ हो ।

अझै पर जाऊँ । यजुर्वेदको एउटा शब्द छ- अश्वत्थ हिमालमा छ । यथार्थमा यो सबैभन्दा उचाइमा पाइने भोटे पीपल (पपुलस सिलिआटा) हो कुनै बेलाको, जुन हिमाली वनअश्व (इक्वस हमिनियस कियाङ) को पि्रय आहारा हो । तर भोटे पीपलसँग मिल्दोजुल्दो पीपल (फाइकस रेलिजिओसा) भएको गंगाको भारतीय मैदानमा गधा/गदहा शब्दको जन्मसमेत भएको थिएन, १५ हजार वर्षअघि वेद बन्दा । किनभने त्यसको नामकरणको स्रोत 'गद' (भाङको रेशा) बन्नका निम्ति भाङ एसिया माइनरबाट सप्तसिन्धुसमेत छिरेको थिएन । यसैले त्यस वनस्पतिलाई अश्वत्थ र रूचाउने जनावरको नाम नै तिनले अश्वत्थामा राखिदिए । अश्व शब्द सो जनावर चर्ने ठाउँ पश्चिमको उच्च पहाडी शृङखलामा समेत पाइने गोब्रेसल्ला (पाइनस वालिचियाना विशेष) को पिरल अर्थात् असीबाट बन्दछ । कणिर्कार (टेरोसपर्मम एसेरिफोलियम) नेपाली भूमिमा नपाइएपछि अमेरिकीमूलको 'क्यास्काव्लेआ थेभेटिया'लाई योगी नरहरिनाथहरूसमेत मृगस्थलीको आफ्नो आश्रमअघि कणिर्कारका रूपमा रोप्न पुग्छन् भने वा अमरकोशको अपराजिता (हिविस्कस रोजा साइनेन्सिस) लाई एच.टी. कोलब्रुकहरू अमेरिकी मूलको 'क्लिटरिया टर्नासिया' लेख्न पुग्छन् भने त्यो युगमा अश्वत्थको परिचयलाई लिएर भ्रमहरू हुनु अनौठो होइन । नेपालमा कोका संगमहरूको विशेषता नै हो भोटे पीपलको रूखमुनि नै पुर्खाहरूको सम्झना गरिन्छ र चढाइएका वस्तु खान हाँगामा बसेका काग (देवदूत) नै झर्नुपर्छ ।

'अश्वत्थ' त अझै थप, वैदिककालपूर्वको संस्कृतिको प्रतिनिधि हो । किनभने पश्चिम नेपालको अश्वत्थ हुने इलाका कोका खोला र पूर्वी नेपालको कोका संगम दुवै हिमरेखामुनि छन् । तिनका ठीक माथि पश्चिममा कागमारा र पूर्वमा गोराकशेप (तिब्बतीमा कागमारा/गोराक रु काग, शेप रु मर्नु) शिखर छन् । कोका भनेको साढे आठ हजार फिटसम्म पाइने डुमकाग (कर्भस कन्याक्स) हो र कागमारा ५९६१ मिटर एवं गोराकशेप ५१५० मिटर अग्ला छन् । मृत शरीर खाने र आत्माका नाममा चढाइएका वस्तु खान डुमकाग (देवदूत) बस्ने भएकैले अश्वत्थको आध्यात्मिक व्याख्या र काग अमर हुन्छ भन्ने मान्यता बन्दै आएको हो । जसरी गिद्ध सिमल (वम्बाक्स साइवा) मा बस्ने भएकोले पूर्वी पहाड र तराईका जातजातिमा सिमलले भूतप्रेतको निवासको संज्ञा पाउँदै आएको छ । यसरी 'अश्वत्थ'को महत्त्व दर्शाउने कोका संगमहरू नेपालबाहेक उत्तराञ्चलदेखि आसामसम्म कतै छैनन् पनि हिमालय शृङखलामा ।

यसै पनि कागको आचरणमाथि त्यो बेलाको अध्ययन नयाँ कुरा होइन नै । त्यसै वात्स्यायनको यौनविज्ञानको नाम कोकशास्त्र भएको होइन । कोकशास्त्रको अर्थ हो, अति गोप्य शास्त्र । किनभने कागको सहवास देख्नै सकिन्न र देखियो भने पनि नराम्रो हुन्छ भन्ने धारणा अझै विद्यमान छ । त्यसैले काकतालीको अर्थ हो नै अति दुर्लभ संयोग । लुकेका अक्षर वा शब्द थप्नुपर्दा दिइने चिह्नको नाम 'काकपद' नभन्दै एक यौनआसनको नाम हो र नै त्यस चिह्नमा थोप्ला थपिन्छ ।

वेदलाई ३५ सय वर्ष अघिको मान्नेदेखि एक लाख वर्ष अघिका मान्ने दयानन्द सरस्वतीजस्ता पनि छन् । चार हजार वर्ष अघिको मान्ने भारतरत्न प्राप्त पी.वी. काणेहरू पनि छन् । तर पंक्तिकारले यहाँ १५ देखि २० हजार वर्षबीचको मान्ने मतलाई विभिन्न कारणहरूले गर्दा लिएको छ ।

महाभारतको घटोत्कच पुत्र 'वर्वरिक'लाई अन्यायमा परेको किरात भनेर एकोहोरो आलाप गरिरहिएको छ । उदाहरणका रूपमा इन्द्रचोकको टाउकोमात्रै भएका इन्द्रलाई 'वर्वरिक' र उपत्यकामा किरात शासनको प्रतिनिधि मान्ने गरिएको छ । जबकि घटोत्कचको ससुरा मुरका देश हुन्, अहिलेका मोरक्को, मौरिटानियाहरू । जहाँ मुरहरू बस्छन्/जसबाट अंग्रेजीको मोरोन र नेपालीको मूर्ख, मोरा, मोरी, मुरारी अर्थात् मुरहरूको शत्रु शब्द बन्दछ । अनि छोरो 'वर्वरिक'को देश हो, अहिले वर्वरहरू बस्ने लिविया र त्यस वरिपरिका देशहरू । दुवै उत्तर अपि|mकी छिमेकी देशहरू हुन् । यसैबाट अंग्रेजीको वार्वेरिक, वार्वेरियन र उर्दुको वर्वर शब्द बनेको छ । वर्वरिकको अर्थ हो नै घुमि्रएको कपाल भएको व्यक्ति । जिउँदा प्रतिनिधि पात्र हुन्, लिवियाका कर्णेल कदाफी । के किरातहरूको कपाल घुमि्रएको हुन्छ र लिम्बु राजमाताको रूपमा वर्वरिककी आमा हिडिम्बालाई किताबमा तोकिएको (लिम्बुवानको इतिहास) ? जबकि हिडिम्बा शब्द नुवियन मरूभूमि भनिने दक्षिणी सुडानको हो । १५ सय वर्षअघि स्रोन चङ गम्पोले ल्याएका घोडचढी तामाङ हामी लेखिसकेपछि 'बूढानीलकण्ठमा पाइएको ३० हजार वर्ष अघिको ढुंगे औजार हाम्रो पुर्खाको हो' भनेर वेबसाइटमा हाल्नु कस्तो विज्ञता हो ?

उतातिर किरात पुर्खा मानिएको एकलव्य आफैंमा नाम नभई सर्वनाम हो, जसको अर्थ हो एकोहोरो । सीता स्वयम्वरमा पहाडी उम्मेदवार मानिएका सुधन्वा पनि नाम नभई सर्वनाम हो, जसको अर्थ हो पोख्त धर्नुधारी । बरु द्रोणाचार्य नाम हो, अर्थ हो 'खोक्चिलिफु' । दुनामा शिवले छाडेको शुक्रकीटबाट जन्मेकाले दुनाबोधक संस्कृत शब्द द्रोणबाट यो बनेको हो, जुन स्वाभाविक प्रक्रिया होइन । त्यसैगरी किरात पुर्खा खोक्चिलिफुको जन्म मुन्धुमअनुसार कालान्तरमा त्यतिबेला हुनपुग्छ, जब पारूहाङले कर्कलोको पातमा शुक्रकीट पोको पारेर छाड्छन् र तिर्खाएकी निनामरिम्दुले पानी ठानेर खान्छिन् । साम्पाङमा खोको अर्थ खाेँरी, खोँगी, दुना पनि हो, वान्तवामा खोक्लिको अर्थ जंगल, १० किरातमध्येको एक धिमालको भाषामा त लाफाको अर्थ पात हो नै, नेवारीमा लप्ते को पनि हो । यसैले अलेक्जेन्डरको नामानुवाद हरिशचन्द्रजस्तै द्रोणाचार्यको नामानुवाद खोक्चिलिफु हुनपुग्छ, जुन तीन हजार वर्षभन्दा पर जाँदैन । महाभारतले खोक्चिलिफुलाई द्रोणाचार्यका नाममा संस्कृतकरण गरेको बुझिन्छ ।

त्यसमाथि भारवीको किरातार्जुनियमका किरातहरू र अहिलेकाहरू एउटै होइनन् र अझै थप कुरा नेपालका आदिवासी 'नाग' हुन्(नागा होइन) भनेर लेखी नै सकियो । यसै पनि मेचे (भारतमा चिनियाँ प्रान्त फुजियानबाट आएको बोडो मानिने) लाई रेशम बुनाइसँग इमानसिंह चेम्जोङले जोडे । तर पूर्वी नेपालमा सिल्कको कुनै परम्परागत चलन र बुनाई देखिँदैन । अहिले पूर्वी नेपालमा भइरहेको 'अहिंसा सिल्क'को बुनाई हिजोमात्रै भारतको भागलपुरबाट छिरेको शिल्प हो । यसो किन भएको हो भने किरेत शब्दको तिनको अर्थ सायद सही थिएन । बरु स्वामी प्रपन्नाचार्यको 'किंकिरात'को अर्थको खोजी निर्दोष खालको रहेको छ ।

अरू त अरू, कम्तीमा १४ सय वर्षअघि नै मध्यपश्चिम मूलको गहुँ नेपाल भित्रिसकेको थियो । तर पूर्वमा त्यसको सुनियोजित विस्तार स्वर्गीय चन्द्रवीर गुरुङले गर्नलाई १९६० को दसक आउनुपर्‍यो । पोलिनेसियन मूलको उखु उपत्यकामा कम्तीमा तीन हजार वर्षदेखि छ र पश्चिमका सोराड लगायत कतिपय ठाउँहरू खुदोका निम्ति जसरी प्रख्यात छन्, जसरी नेवारहरूले त्यसैबाट टोखा, टुखुचा, टुसाल शब्दहरू जन्माएका छन्, पूर्वमा किन कहीं पाइन्न ? यहाँसम्म कि चिनियाँ मूलको मूलाका निम्ति पश्चिम नेपालको प्युठान प्रसिद्ध छ, चिनियाँ मूलको रायो सागका निम्ति महर्जनहरूमा पाछै (चिनियाँमा पेत्साइ) उपथर नै विद्यमान छ, चिनियाँ मूलको तोरीका निम्ति भक्तपुरमा तुकाबञ्जार थर नै छ । चीनबाट आएका हौं दाबी भइरहँदा पूर्वमा चिनियाँ मूलको वेछुर अदुवा (जिन्जिवर अफिसिनाल) र मञ्जुरियन मूलको भटमास (ग्लाइसिन म्याक्स) को बाहेक यी चिनियाँ खाद्य वनस्पतिसँग जोडिएका उल्लेखनीय परम्परा किन देखिँदैन ? एक जिज्ञासुलाई कौतुहल हुन्छ नै ।

अब पनि आदिवासीको पुष्टिमै लाग्ने हो भने संविधान बन्नुभन्दा पहिला नै जातीय दाबी गरिएका इलाकाका बस्तीहरूमा पाइनसक्ने कृषिमूलक परागकण र स्पोरहरूको अध्ययन (पाइलनलजी) र त्यसको कार्बन डेटिङतिर जाऔं । व्यक्तिका निम्ति दस वर्ष ठूलो कुरा हो, देशका निम्ति होइन । यो किन भनिरहिएको हो भने मुस्ताङकै गुफाहरूमा पनि दुई हजार वर्षभन्दा अघिको अवशेष भेटिएको छैन र मुस्ताङ पारिपट्टकिो झाङफुङमा २२ सय वर्षको ।

अन्त्यमा भन्नुपर्दा एउटा नृवंश शास्त्रीय संग्रहालय खडा गर्ने प्रयास लिइयो भने त्यसले हामी सबै आदिवासी हौं भन्ने नै पुष्टि गर्नेछ । किनभने मुस्ताङ, मनाङ र पोखरामा देखिएका संग्रहालय हेरेर चित्त बुझाउन सकिँदैन । जातीय अनुहारलाई लोकपहिरन दिँदैमा त्यो नृवंश शास्त्रीय संग्रहालय हुँदैन । अर्थात् पहाडी बाहुन-क्षत्रीले आफूलाई आदिवासी दाबी गर्छन् भने त्यो गलत हुँदै होइन ।

स्रोत:-  बिहीबार, २०६७ कार्तिक ४, कान्तिपुरमा प्रकाशित

अनादिवासी खस !

सौरभ:- पहिलो पाटो- काशी गोत्र र ल्हासा गोत्रमा राई-लिम्बु लगायत अनेक जातजातिले आफूलाई विभाजन गरेका छन् । तर यो काशी भारतको उत्तरप्रदेशको काशी होइन । बरु चिनियाँ भाषामा काशगरलाई गरिने सम्बोधन हो । काशगर पर्छ, काशमिरको ठीक उत्तरमा ।
यही काशगरमा चलन थियो, सियान र बेइजिङका प्राचीन दरबारी खलङ्गाहरूमा यत्रतत्रबाट थुपारिने महिलाहरूको पहरेदार बनाउन राजखानी झिकेर कम्मरपेटीमा थन्क्याउने । ऊ मरेपछि उक्त अङ्गसहित सग्लै अन्तिम संस्कार गर्न पाइयोस्, फलस्वरूप पुनर्जन्ममा ऊ सग्लो अङ्गसहित जन्मियोस् भन्ने उद्देश्य राखिन्थ्यो । त्यही चलन दक्षिणको काशमिरमा आइपुग्यो । यही चलनलाई टिपियो अङ्ग्रेजीमा 'क्याष्ट्रेसन' शब्द बनाएर । गि्रक वा लेटिनबाट लिइएको भए 'अर्किष्टोमी' बन्थ्यो होला, 'भास डिफरेन्स' अर्थात् शुक्रनलीबाट 'भ्यासेक्टोमी' बनाएजस्तै । नेवारहरूले पनि यसै चलनबाट राजखानीबोधक क्वासी शब्द बनाए ।

र काशमिरको दक्षिणमा, अझ वर्तमान हिमाञ्चल प्रदेशको पनि दक्षिणमा पर्छ किन्नौर । त्यहाँ पनि पस्यो यो चलन । त्यसैले अहिले भारतमा तेस्रो लिङ्गी जनाउनुपर्दा किन्नर(सुन्दरी) शब्द प्रयोग गरिन्छ । प्राचीन किन्नौर राज्य जोडिन्छ, नेपालको पश्चिम-उत्तर कुनामा । यहीँ जोडिन्छ, तिब्बतको पश्चिम(दक्षिण कुना अर्थात् ङारी प्रदेश पनि), जसको स्थानीय सदरमुकाम पुराङ/बुराङ/ताक्लाखार हो । तोखारियन मूलको ताक्लाको अर्थ हो-मरुभूमिजन्य, समतुल्य नाम ताक्लामकानजस्तै । यसैले भारततिर तालुखुइलेलाई तक्ला भन्छन् । तालु नै तक्लाको रूपान्तरण हो ।

किन्नौर र ङारीका विशाल भूभागमा चल्ल/मल्ल र उनका पूर्वजहरूको साम्राज्य जब थियो भने ती पनि कहलाउने नै भए खस । जसरी १७६९ भन्दा अघिको नेवार संस्कृति प्रचलित इलाकाहरूमा जो(जो थपिँदै र बसोबास गर्दै गए), ती पनि कहलाइँदै गए नेवार ।

यही काशीको अर्को रूप इस्लाम पुरोहित काजी हो । किनभने उसले खतनाको सञ्चालन गराउँछ । खतना सनातनधर्मीको व्रतबन्धजस्तै हो, जसमा हटाइन्छ, जननेन्दि्रयको टुप्पाको छाला (फोरसस्किन) । यसैबाट रूपान्तरण भएर बन्छ, पशुवध र मासुका व्यवसायीहरूको थर कसाब अर्थात् कसाही शब्दको पूर्वरूप, खत शब्दको उत्पत्ति पनि । इस्लाम राज्यमा धर्माधिकारीसरह काजीको महत्त्व हुने भए पनि 'काजी अभिमान सिंह' कस्तो विरूप अनुकरण हो, पाठकहरूले आफैंले बुझ्नुपर्ने कुरा हो । यद्यपि के सत्य हो भने नेवारहरूले काजी र खस दुवै शब्द क्षत्रीहरूकै निम्तिमात्र प्रयोग गर्छन्, बाहुनहरूका निम्ति होइन । यस अर्थमा बाहुनहरूले खसको अर्थ जति बुझेका छन्, नेवारहरूले अन्जानमै पनि धेरै सही र सटिक बुझेका छन् । कि हामी खस होइनौं भनेर कान्तिपुरमा लेख्ने 'कौण्डिन्नयायन' बन्धुहरूले बुझेका छन् । 'कौडिन्नयायन'हरूले सहजै बुझ्ने कुरा होइन पनि यो ।

अर्थात् आज जसलाई खस भनिँदैछ, ती यथार्थमा खस होइनन् । खस संस्कृति भएको इलाकाका वासिन्दामात्र हुन् वा जो त्यस इलाकाबाट गुज्रँदै नेपाल आए । र जो खास खस हुन्, ती लिम्बु(राई लगायत विभिन्न जातजातिका काशी गोत्रभित्र पर्ने मानिसहरू हुन् ।

पाटो दोस्रो

मध्यएसियामा कजाखस्तान नाउँको देश छ । नभन्दै सँगैको रूसी भाषामा बाख्रीलाई कजा भनिन्छ र खसीलाई कास्त्रिरोवाली । जुन कास्त्री झट्ट सुन्दा खसी नै जस्तो लाग्छ । र नभन्दै कजाखस्तानमा एउटा जाति छ किरेत, अवश्य नै मङ्गोल मूलको हो । रेशम मार्गमा पर्ने यहीँबाट काशगरको त्यो चलनको ज्ञान युरोप पुग्यो 'क्याष्ट्रेसन'मा रूपान्तरण हुनलाई, जसरी मार्कोपोलोको हातबाट चाउचाउ युरोप पुग्यो, स्पाघेट्टी (पानीरोटी) हुनलाई । यद्यपि चाउचाउको खास अर्थ चाउचाउ जातको कुकुरको त्यान्द्रे मासु हो । मार्कोपोलोको देश इटालीसँगैको गि्रसमा त बाख्रीलाई काशिका भनिन्छ नै ।

कजाखस्तान जोडिन्छ, पश्चिममा काशगरसहितको वर्तमान सिनकियाङसँग र पूर्वमा काशगरको संस्कृतिबाट प्रेरित नाम लिएको क्यास्पियन सागरसँग । विश्वको पाँचौं ठूलो राष्ट्र कजाखस्तानको स्टेपी (घाँसेमैदान) प्रख्यात छ, घोडचढीहरूले विशालकाय बाख्राबथानहरू चराउनका निम्ति । अर्थात् सम्भवतः बाख्रा र घोडालाई खसी र खच्चर बनाउने प्रथाको थालनी यही ठाउँबाट प्रेरित छ । दाङमा थारूहरूले कुखुरालाई खसी पारेर 'बदिया भाले' बनाउने चलन पूर्वमा किन छैन ? यहाँनिर विचारणीय छ ।

यी लेख्दै गर्दा पङ्क्तिकार जान्दछ, उसको ईमेलमा कतै नभएको 'दुईवटा विद्यावारिधी'हरूले, मङ्गोलियामा घरलाई ओइरात भन्छन्, त्यसैबाट किरात शब्द बन्छ भन्दै फेरि पनि लेखिपठाउनेछन् । तर ओइरात जाति कजाखस्तानको सुदूर पश्चिममा छ ।

बाहिङखम्बु पनि एउटा हो, माझकिरातलाई चिनिने नामहरूमा । काशमिर छेउको काङ्गडामा ९९ किला भएको किरात सम्वरलाई हराइएको प्राचीन प्रसङ्ग छ । नभन्दै बाहिङ राईहरूमा तोलोचा थर हुन्छ र कशमिरको भ्यान्दर उपत्यकामा तोलोचा किरात बस्छन् पनि । गोपाल राजवंशावलीले पनि अरुण र तमोरबीचका (आजको अर्थमा राई) लाई मात्रै किरात तोकेको छ । उनीहरू रहेको 'कोशी' प्रदेश नाम समुद्रबाट सय मिटरको उचाइमा मात्र पाइने कुश (डेस्मोटास्या विपिनाटा) बाटै रह्यो भन्न गाह्रो छ । किनभने त्यो नेपालभित्रकै सय मिटरमा मात्रै पाइन्छ भन्ने होइन । यो एसिया र अपि|mकाका उष्ण र शीतोष्ण सबै इलाकामा पाइन्छ । यही कोशी भारतको उत्तरप्रदेशको जुन नदीमा मिसिन्छ, त्यो बगेर जाने किनारले पनि नाउँ पाउँछ,काशी ।

तामाङहरूको विवाहमा केटापक्षबाट सगुनस्वरूप पठाइने मदिराको विशेष नाम हो, कर्जेल पोङ । तर यो कर्जेल यथार्थमा कज्योल (बाख्रो) को मासु र पोङ (रक्सीको भाँडो) हो । यद्यपि आजका दिन मदिरामात्रै हो भन्ने बुझिन्छ । जसरी एक भुजेल केटा पहिलोपल्ट ससुराली जाँदा लठ्ठीमा सिउरेर जानुपर्ने वस्तु हो, सहर माछा (बार्बस पटिटोरा) र मूलापाते (एलिफान्टापस स्काबर), लोकजीवनको भियाग्रा, तर जाने गर्छन्, मूलाको पात सिउरेर । यसले पनि तामाङहरूलाई काशगरको संस्कृति अवशेष बोकेको 'खस' नै बनाउँछ ।

थकाली जाति भन्ने गरिन्छ । तर थकालीको शुद्ध रूप नेवारी भाषाको जेठोबाठो बोधक थकाली होइन । जो तराईबाट भित्रिएको ठाकुर शब्दको नेवारी रूपान्तरण थकुबाट बनेको हो । बरु थाकाली हो, थाकखोलाबाट बनेको, मार्फावासीलाई मार्फाली भनेजस्तै । त्यसभन्दा अघि थाक्से भनिन्थ्यो । यीभन्दा पनि पर उनीहरूकै देवी हुन्,नरिझ्योब, जसको शुद्ध रूप हो,ङरिझ्योब अर्थात् तिब्बतको ङारिकी देवी, जो पर्छ, प्राचीन खसान राज्यमा । यसरी थकालीहरू नै पनि कार्यकारणले खस हुन् । संस्कृतको पानीबोधक नारबाट नारायण बन्दछ र नेवारी अनेक भाषामा माछाबोधक र पानीबोधक 'ङा' यसैबाट आउँछ । भूपतीन्द्र मल्लकालीन भजनमा नेपालको ठाउँमा ङेपाल लेखिएकै छ पनि ।

ग्याङमी थर हुन्छ, मगरहरूमा पनि, जसलाई याक्खामा क्याङमी भनिन्छ, यसको अर्थ हो, चिनियाँ,यद्यपि यो सर्वनाम हो । गोरो र पातलो बोधकलाई नेवारीमा चिनियाँमान, नेपालीमा मुरली र खोस्तमा बेलायती भनेजस्तै । तर चीनमा प्रान्त छ, ग्याङसुदो, जो मङ्गोलियासँग जोडिन्छ पनि । अनि एउटा थर हुन्छ पुन, जो बोनको अपभ्रंश हो । यही बोनको रूपान्तरण हो, तामाङहरूको पवित्रतम कलश 'भोम्बु', अमि्रसो (थाइसानोलाइना मेक्सिमा) हालिने, जो दिशापखाला प्रतिरोधक रहेकाले पूज्य (ल्हाटुङ) भएको हो । अनि बोन धर्मको केन्द्र हो, ङारी प्रदेशभित्रकै कैलाश जसका आदिप्रवर्तक हुन्, दोर्जे शेराब । यसरी मूलतः बोन धर्मावलम्बी मगर र तामाङहरू फेरि पनि कार्यकारणले खस नै हुन् ।

नेपालभित्र लिम्बुको रट लगाइरहे पनि साङे भन्छन्, सिक्किम र भुटानका लिम्बुहरूले नेपालका लिम्बुलाई । अनि नेपालका लिम्बुले पनि उताका लिम्बुलाई साङे नै भन्छन् । यो साङ भनेको ताप्लेजुङपारिको तिब्बती भूभाग हो । यहीँबाट बग्ने नदीको नाम साङ्पो हो, जो आसाम छिरेपछि ब्रह्मपुत्र र बङ्गलादेश पुगेपछि मेघनाजस्ता नामहरू लिँदै बङ्गालको खाडीमा र्झछ । उनीहरूको काशी गोत्रको उल्लेख त माथि नै गरियो ।

पच्युँ र क्याबि्रका माध्यमबाट संस्कार चलाउने गुरुङहरू बोन भएपछि ती पनि कार्यकारणले खस त हुन् नै । त्यसभन्दा एक कदम बढेर तिनले आफ्नो बसोबासको थलो नै काशगरबाट प्रेरित रहेर कास्की (काशिकी) राखेको बुझिन्छ । भलै संस्कृतज्ञहरूले त्यसलाई कौशिकी र कश्यप (चिसाखोलाको सन्दर्भमा योगी नरहरिनाथ) सँग जोडिरहुन् । (यद्यपि कश्यप संहिताको 'फाइटोज्योग्राफी' चिसाखोलासँग ठयाम्मै मेल खान्छ ।)

पुछारमा

एउटा उदाहरण- खान्चाखान र मिचाखान पूर्वज रहेका यी शाहहरू मुसलमान हुन् भनेर पटक(पटक लेखिरहन पनि हाम्रा जातिवादीहरू कहिल्यै थाकेनन् । अरू किसिमले भन्न नसकेर त्यस हदसम्म खसाल्न उद्यत छन्- वामपन्थी खोल ओढेका जातिवादीहरू ।

तर तिनले बुझ्नुपर्ने कुरा के हो भने चङ्गेजखान वा कुब्लाइखान मुसलमान थिएनन् । मालिकबोधक तातार/मङ्गोलियन/टर्किस शब्द कानबाट खान बन्छ । जसरी त्यसैबाट संस्कृतको पतिबोधक कान्त र पत्नीबोधक कान्ता । यद्यपि यो आफैंमा राजाबोधक मङ्गोलियन शब्द हो । तिनको राज्यलाई भनिन्छ, खानेट । खानबाट तरवारबोधक खाँण शब्द पनि बन्छ, जुन कुनै बेलाको राजचिह्न पनि हो । जसरी उर्दूको तरवारबोधक शम्शीरबाट धीरशमशेरको मध्य नाम शमशेर, जसरी कोतपर्वकालमा मारिने भवानी सिंहको मराठीको तरवारबोधक भवानी, जसरी खड्गबोधक खड्का र खड्गी, जसरी चुपीबोधक बर्फोङबाट लेप्चा थर बाराफोङ । त्यस्तै बादशाहबोधक मङ्गोलियन शब्द खगानबाट नेपालीको तरवारको म्यानाबोधक खगाम । शुद्ध नाम खानचा खाँण हो राजा र तरवारबोधक, जङ्ग (युद्ध) बहादुर (वीर) भनेजस्तै । तर जातीय पूर्वाग्रह त मूर्ख हुन्छ नै । त्यसमा के आश्चर्य ?

दोस्रो उदाहरण- डोटी र बझाङका प्राचीन राज्य डुम्राकोट र उदुम्बरपुरीलाई इतिहासकारहरू पटक(पटक डुगरसिंहबाट बसाइएकाले डुङराकोट भएको हो भनिरहन्छन् । जबकि ऐतरेयब्राह्मणले पानैपिच्छेजस्तो भनिरहेको छ- त्यो क्षत्री क्षत्री होइन, जसले डुम्रीको दूध पिउँदैन । र नै ती डुम्राकोटहरू प्राचीन रजौटाहरूले डुम्री रोपेर पवित्रतम पारेका राज्यहरू हुन् भनेर स्पष्ट हुन्छ । तैपनि शैक्षिक पृष्ठभूमि नै संस्कृत भएकाहरूले समेत नभएको पात्र डुगरसिंहलाई खोज्ने प्रयास कायम छ । आफैं गुज्रेको बाटो डुङ्गाले चिन्दैन भने त्यसमा के आश्चर्य ?

तेस्रो उदाहरण- फलामे युगमा मात्रै आएर बन्छ घन । त्यसैले पाषाण युगमा बन्चरोको मात्र प्रयोग हुन्छ, घनको होइन । यति सर्वसुलभ ज्ञान नराख्नेले नर्वेको थोरले घन प्रयोग गर्थे बन्चरो होइन भन्नुमा के आश्चर्य ? सालको परागकणबाट फेब्रुअरी बन्दछ, वैदिक अगस्ति नक्षत्रका बेला पर्छ, मनसुन । त्यसैबाट अगष्ट आउँछ । मे र मार्च नै मास (महिना) बाट बन्छन् । तैपनि ग्रेगरीका सात महिना किन संस्कृतबाट बनेनन् भनेर सोधिन्छ भने ती बालसुलभ अज्ञानताहरूमा के आश्चर्य ?

(यहाँनिर पङ्क्तिकार फेरि पनि जान्दछ, नर्वेको नाम पर्नेबित्तिकै 'हाम्रो आश उपन्यास सुपरमार्केटबाट किनेर पढिदेऊ' भन्दै नर्वेजियन दूतावासले पङ्क्तिकारलाई 'तिम्रो लेख पढेका छौं' भन्ने प्रोक्सी ई-मेल पनि पठाउन छाड्दैन ।)

अन्तिम पाटो

विडम्बना के छ भने जाति, जनजातिका नाममा राजनीति गर्ने, देश भनेको आफ्नो पारिवारिक बपौतीजस्तो टुक्रा(टुक्रा बाँड्न मिल्छ ठान्ने वामपन्थी बुज्रुकहरू र आफूले आर्जन नगरेको राज्य माग्ने मगन्तेहरूले आदिवासी शब्दको परिभाषा के हो पहिला दिन सक्नुपर्छ ? युरोपियन युनियन नर्वे, स्वीडेन, डेनमार्क लगायत भ्याटिकन र प्रोटेस्टेन्टहरूले आफ्नो धर्मविस्तारका लागि दिएको परिभाषा एक नेपालीका लागि कदापि मञ्जुर छैन र हुँदैन पनि । खस को हो र को होइन भन्ने व्याख्या त एउटा रमाइलो पक्षमात्रै हो । यसै अन्तर्गत खाटी खसले खसलाई गालीका नाममा आकाशतिर फर्किएर थुकिरहन्छन्, तर त्यो आफ्नै अनुहारमा पटक पटक परिरहन्छ भने त्यसमा पनि के आश्चर्य ?

स्रोत:- शुक्रबार, २०६८ अषाढ ३१ मा कान्तिपुरमा प्रकाशित
:http://www.ekantipur.com/np/2068/3/31/full-story/332525.html

आदिधर्म सापेक्ष संविधान !

सौरभ:- काठमाडौ — 'टिडेन्ट एन्ड थन्डरबोल्ट: कल्चरल डाइनामिक्स इन नेपलिज पलिटिक्स' शीर्षकमा हर्क गुरुङको समाजशास्त्रीय कार्यपत्रको एक पंक्ति यस्तो छ- 'जादुयी तरवार (फुर्बा) बज्र (दोर्जे) मा बदलियो । त्रिशूलचाहिँ हिमालयको महादेवसँग सम्बन्धित छ ।

हिन्दुहरूले उनलाई आफ्नो त्रिदेवमध्ये एक मानेकाले त्रिशूलधारक एक चम्किला शत्रुसरह भएका हुनसक्छन् ।' केही पंक्ति पछाडि पुगेर त्रिशूल र बज्र हिमालयका सांस्कृतिक सम्पदाका भाग भएकाले तिनलाई परस्पर विरोधी प्रतीकहरूका रूपमा चाहिँ लिनु हुँदैन' लेखिए तापनि पछिल्ला यावत् पेटबोलीहरूले परस्पर विरोधी नै हुन् भन्न खोजेका छन् । यसरी नेपाली समाजलाई फुट र वैमनस्यको जग दिन सक्दो प्रयत्नरत यस कार्यपत्रको मूलाधार त्रिशूल र बज्रको उत्पत्तिमाथि नै अब जानुपरेको छ ।
पहिलो पाटो
लाम्रे काँडाले डोटीमा चिनिने नाम नेपालीको जुम्ल्याहा काँडाबाट बनेको हो । जुन आफैं बनेको हो सुश्रुतले तीन हजार वर्षअघि दिएको संस्कृत नाम 'यमलकण्टक'बाट । विज्ञानले 'युफर्बिया रोएलियाना' भन्ने यो पाटे सिउँडी उस्तै-उस्तै सुनिने अर्काे पाते सिउँडी अर्थात् 'अपन्सिया मोनाकान्था'बाट फरक छ । जो अमेरिकी मूलको हो र जसको पहिलो नेपाली उल्लेख छ, ईश्वीको १७२१ को मात्र ।
संस्कृतमा सुश्रुतले नै दिएको अर्काे नाम हो- बज्रवृक्ष । आकाशमा मेघ गर्जंदाको विद्युतीय 'नेगेटिभ पल्स' तल झरेपछि जमिनबाट त्यसलाई 'पजेटिभ पल्स' मिल्यो भने चटयाङ/बज्र पर्छ । यस्तो बज्रको 'पोजेटिभ पल्स' प्रायः ठूला, अग्ला, छत्राकार (क्राउन) युक्त रूखहरूले दिन्छन् । त्यसै भएर रूखमा बज्र पर्छ, पानी परेको बेला ओत लाग्नु हुँदैन भनिन्छ । तर पुरानो पाटे सिउँडीको क्राउन जतिसुकै ठूलो भए पनि 'नेगेटिभ पल्स' आकषिर्त गर्नसक्ने उचाइ हुँदैन । यसैले यो वृक्षले चाहिँ बज्रलाई रोक्छ भन्ने मान्यता बनेको स्पष्टै छ ।
गण्डक प्रदेशबाट पश्चिम लाग्दै गएपछि पाटे सिउँडी रोपिएका गाग्री, बाल्टी घरको छानामाथि बीचोबीच राखिएको देखिन्छ, जसको घनत्व सबैभन्दा बढी दैलेखमा पाइन्छ । सँगै त्रिशूल पनि गाग्रीमा गाडिएको हुन्छ र नुवाकोट जिल्लाबाटै सुरु हुन्छ, निदालमाथि छानामा त्रिशूलाकार पाताहरू उभ्याउने पूर्वी नेपालसम्मैको चलन । यहाँ पाटे सिउँडी बज्र प्रतिरोधक हो । नभन्दै लेप्चा भाषामा पाटे सिउँडीको नाम हो- सदरकुङ अर्थात् बज्रवृक्ष । इमानसिंह चेमजोङ लेख्छन्, नजिकै शिवस्थान छ भने किरातहरूले त्यसछेउ सिउँडी रोप्छन् । जबकि शिवस्थानको प्रतीक हो त्रिशूल । तर लिम्बु भाषाको लुङडिङ्वा रोप्ने कुराले त्रिशूलको पूर्वरूप पाटे सिउँडी हो भन्ने स्पष्टै छ । नभन्दै सतही आँखाले हेर्दा यो त्रिशूलजस्तै देखिन्छ र समानान्तर बरोबरी (बाइलाटरली सिमेटि्रकल) शैलीमा चिर्ने हो भने ठयाम्मै त्रिशूल नै । अर्थात् त्रिशूल पाटे सिउँडीको प्रतीकमात्र हो । भलै आजभोलिका अधिकांश त्रिशूल नामधारी आयुध त्रिशूल नभई एक तीर दुई शूल वा तीन तीरमात्र भएका अशुद्ध त्रिशूल किन नहोउन् ? यसैले बज्र रोक्ने शङ्कु (अङ्कुश) जसले बोक्छ, त्यो शङ्कर हो ।
सुश्रुतले दिएको अर्को नाम महावृक्ष पनि हो । महादेवको वृक्ष भएकाले यहाँ त्यस्तो नाम बन्न गएको त हुँदै हो । केही दसक अगाडिसम्म नेपाली गाउँघरमा वस्तुभाउ जन्मेपछि तिनको सालनाल सेलाइने, झुन्ड्याइने, चढाइने वृक्ष यही हो, जुन गाउँको साझा चौर (खेल/बाङ) मा हुन्थ्यो । जंगलमा हुने दैवीप्रकोप (बज्र) बाट नयाँ जन्मेको पशुको रक्षा होस् भनेर कामना गरिने यो प्रक्रिया नेवारहरूको छ्वासः (क्षेत्रपाल भैरव) को जन्मको कारण हो, जहाँ मानवशिशुको सालनाल अझै सेलाइन्छ । जो 'पशुपति' नामको जन्मको कारण बन्यो र मृत्युलाई जितिदिने मृत्युञ्जयको पनि । नभन्दै मगरहरूमा मृतको आत्माबाट छुटकारा लिने प्रक्रिया 'डैसीबाङ' अन्तर्गत मलामीहरूले दुधिलो चोप आउने बिरुवामा टाउको ठोक्नुपर्दा यो पनि पर्छ । र केही तामाङहरूमा नवजात शिशुहरूको साल बाँसको ढुंग्रोमा राखी दुधिलो काँडे बिरुवामा झुन्ड्याउने चलनले पनि यसको प्राचीन प्रयोगलाई प्रस्तुत गर्छ । तिब्बतीमा त नामै श्रीखण्ड । पशुपतिलाई लेप लगाइन्छ, श्रीखण्डको ।
मेचेहरूका निम्ति यो सबैभन्दा ठूलो देवता बाठो हो । यसैको हाँगो गाडेर बाठोको पूजा हुन्छ । दनुवारको निम्ति सिद्ध हो । तन्त्रशास्त्रमा सिद्धको अर्थ कुनै प्रेतात्मालाई नियन्त्रणमा राखी माध्यमका रूपमा प्रयोग गर्नसक्ने पात्र हो । शिव महासिद्ध मानिन्छन् नै । काठमाडौंमा लगाइने कारण पनि प्रेतात्मा भगाउनका निम्ति हो । चेपाङको सिउरी, दराई र मेचेको अर्काे शब्द सिञ्जु, थामीको सिजिगारे, कञ्चनपुरका थारुहरूको सुडी र सिउँडी आफैं पनि शिवजी शब्दका अपभ्रंश देखिन्छन्, जसरी भीमसेन भीउँसिन र भीमढुंगा भेडुंगा शब्द बन्छन्, नेपाली जिब्रोमा । केवल जिरेलहरूको वारिङ, गुरुङको तोँसी, वान्तवाको मिरिम्मा, चाम्लिङको मुरिम्मा, साम्पाङको नुङझको अर्थ यतिबेला खुल्दैनन्, थकालीको प्रचु त्होङ -काँडे रूख) र तामाङको देशेरको खुले पनि । अंगे्रजीको चुरी कताकता सिन्धुपाल्चोकका तामाङहरूले भन्ने चोङ्कीबाट लिइएको हो । किनभने यो उनीहरूको रैथाने होइन । पुमा, साम्पाङ र थुलुङ झाँक्रीहरूले त्यसको प्रयोग गर्छन् नै । जटाधारीहरूले जटामा हाल्ने, लट्टा पार्ने दूध यसैको हो । र जटा शैवमार्गीहरूले नै पाल्छन् ।
आधिकारिक धर्मग्रन्थ कुनैले पनि शिवले विष पिएर नीलकण्ठ भएको कुरा गर्दैनन् । त्यो ब्रह्मा, वायु, भागवतजस्ता पुराकथाबाट उत्पन्न गन्थन हो । हलाहल/नर्सिंह विष -एकोनिटन फेरोक्स) समुद्र मन्थन गरिएको भनिएको भूमध्य सागरको होइन, नेपालको रैथाने हो । न गोमन (नाजा नाजा) युफर्बिया रोयलियाना पाइने इलाका ११ सय मिटरदेखि १२ सय मिटर र फाटफुट पाइने १८ सय मिटरसम्मको 'रेन स्याडो' हो, महादेवको गलामा हुनलाई । हो के भने पाटे सिउँडीका सबै भाग विषालु हुन्छन् । यसको दूधको पोलाइदिने रसायन 'फेरोटक्सिन', खुर्सानीको पोलाइदिने रसायन 'क्याप्सिनिन'भन्दा १० हजारदेखि १ लाख गुना शक्तिशाली हुन्छ । महादेवलाई चढाइने रङ पहेँलो हो, जुन पाटे सिउँडीकै फूलको रङ हो । जुन यही शिवरात्रि पर्नेताका फागुन-चैतमै फुल्छ । जसरी 'इलियोकार्पस स्फेरिकस'को फल रुद्राक्ष अर्थात् रुद्रको आँखा हुन्छ, त्यसैगरी पाटे सिउँडीको यिबाँको नाम बज्राक्ष (बज्रको आँखा) हो ।
यसैको घार (फेद) बाट कुनै बेला बन्ने भएकाले सारङ्गी भएको बुझिन्छ, जसलाई आजभोलि ढोडेसारङ्गी भनिन्छ र यसबाट बनेकोलाई ढोडेमादल । पाणिनीले अष्टाध्यायीमा उदुम्बरीका शब्द प्रयोग गरेका छन् । यसको अर्थ कम्मर नछिनेकी अर्थात् डुम्रीको फेदजस्तो समरो कम्मर भएकी महिला हो, जसबाट डम्बर पनि बन्छ । तर पाटे सिउँडीको आँख्ला बीचमा पारेर भित्र कछुवाका हाड राखेर पाहा र सर्पको छालाले मोरिएपछि र भांग्रे सिस्नु (जेरार्डियाना डाइभर्सिफोलिया) को धागोमा बज्राक्ष उनेपछि बन्ने बाजाको नाम हो डमरु । बज्राक्ष नउनी तान्त्रिक डमरु बन्दैन । यही हो, नटराज शब्दको सूत्राधार । भयावह पोल्ने र क्षति गर्नसक्ने हुँदाहुँदै पनि धादिङमा मोतीविन्दुको उपचारनिम्ति यसको चोप आज पनि प्रयोग हुनु अनौठो छ । यद्यपि सम्भवतः यही हो, महादेवको त्रिनेत्रको परिकल्पनाको आधार ।
दोर्जे शब्दको उत्पत्ति फुर्बाबाट हुँदैन, थोरबाट हुन्छ, जुन भारतको हिमाञ्चल प्रदेशवासी, पञ्जावी वा पाकिस्तानको इस्लामावादवासीका निम्ति पाटे सिउँडी हो । इस्लामावादवासीका निम्ति अझ दण्डाथोर (बज्रदण्ड) हो । उर्दूभाषीका निम्ति थुहर हो । भलै बर्मेलीका निम्ति 'सिउरियोटपाला' होस्, चिनियाँका निम्ति महादेवको त्रिशूलको समानान्तर बुझाउने 'बाबाङबियान' अर्थात् निरङ्कुश राजाको कोर्रा हो ।
जापानका केही पुराना मन्दिरहरूमा 'सिचिसिटो' नाउँका काँडे तरवार छन् । यी काँडाहरू ठीक पाटे सिउँडीकै हाँगाहरूका ढाँचामा माथितिर र्फकेका हुन्छन्, दायाँको काँडामाथि बायाँको र त्यस बायाँको माथि दायाँको हाँगा थपिँदै जानेगरी । सिचिसिटु नाम कताकता सिञ्जुसँग त मेल खान्छ नै, तर त्यो तरवार लड्नका निम्ति होइन, धानबाली लगाउने बेला प्रेतात्माहरूलाई भगाउनका निम्ति हो । पशुपालनको युगपछि कृषियुग सुरु भएको पनि हो । नेपाली पैंयु (प्रनस नेपालेन्सिस) नै आदियुगमा जापान पुगेर साकुरा
-प्रनस जापोनिका) हुनपुगेको पुष्टि भइसकेकाले सिचिसिटु पाटे सिउँडीको त्रिशूलजस्तै अर्काे सांस्कृतिक रूपान्तरण देखापर्छ । किनभने जापानमा पाटे सिउँडी हुँदैन नै ।
बज्र पर्ने नेपालको मुख्य इलाका केन्द्रीय भूभागको मध्यपहाड हो । गोरखादेखि बाग्लुङ भेगका गण्डक प्रदेश जहाँ सम्भवतः अन्नपूर्ण हिमालले गर्दा बन्ने वायुचक्र (भर्टेक्स) र घनानदी प्रणाली जिम्मेवार छ । तर पाटे सिउँडीको घनत्व इलाका महाभारतको पनि भिरालो हो र 'नेगेटिभ पल्स' निम्त्याउन धेरै जिम्मेवार रानी सल्ला
-पाइनस रक्सबर्गी) को कारणले पनि । यसैले देवघाटको उत्तरी भेग बढी सम्भावनाको ठाउँ हो, एउटा अवधारणा विकासको अर्थात् रामानन्दप्रसाद सिंहले बुद्ध थारु जसरी भनेका थिए, त्यसैगरी किरातेश्वरमा केन्दि्रत हुने हो भने शिवको परिकल्पना मगर, गुरुङको हो भन्ने देखिन्छ ।
यसरी चुरे र महाभारत शृङ्खला बीचका मनसुन नठोकिने सुखा भिरालाका ११ देखि १२ सय मिटरबीच त्यस शिवको प्राक्परिकल्पना भयो, त्यतिबेला भर्खरै पशुपालनको युग सुरु भए थियो । तर लुगाका निम्ति वनस्पतिको रेसा निकाल्ने ज्ञान आइसकेको थिएन । त्यसैले शिव आततायी बाघ मारेर त्यसको छालामात्र बेर्छन् । स्पष्ट छ, गाईभैंसीको अधिकतम दुई इञ्चको रौंबाट राडीपाखी बुन्न सकिन्न । यसैले गोपालकालपछि मेष (भेडा) काल आउँछ । 'बोभिडेई' परिवारका सदस्यहरूको दाँतको अध्ययन हुन्छ र भेडाले मकर र 'बोभिडेई' बाहिरको (एलिफेन्टाडेई) हात्तीको विशेष वर्गले समेत मकुनाको संज्ञा पाउँछ र कौटिल्यको 'भिङ्गिसी र अपसारक'सम्म आइपुग्दा अरू दसौं हजार वर्ष बित्छ । राईहरूको रुम्मुबाट रुद्र, लिम्बुहरूको हिमसाम्माङयता हिमवन्त बन्छन् र युम्मा यतातिर उमा । तामाङहरूको अग्लो नागी शैलुङबाट शैलपुत्री, मगरहरूको अग्लो नागी पारकोटबाट पार्वती । यहीबीच महिषकाल आउँछ । तर विशेष वैज्ञानिक कारणवश सँगसँगै गाई-साँढे सँगसँगै भैंसी-राँगो पालिन्न पनि । तर यी कुरामाथि नेपाली इतिहासले कहिल्यै सोचेन । न वनस्पतिको रेसा निकालिने समयअघि दुर्वाश्यश अर्थात् दुवोको लुगा लगाउने दुर्वासा, पुला अर्थात् घाँसको लुगा लगाउने पुलह, बल्क अर्थात् बोक्राको लुगा लगाउने याज्ञवल्क्यका समकालीनहरूको समय थियो भनेर नै हेरियो । यद्यपि याज्ञवल्क्यको खास अर्थ यज्ञ नै लुगा भएका भन्ने हो । सुश्रुतले त केवल चलेर आइरहेको शब्दलाई लिपिमा उतारे ।
तर ईशाको चौधौं शताब्दीमा सारङ्गधर पद्धतिमा लेखियो- दूध आउने काँडे बिरुवा घरको परिवेशमा नरोप्नु । यी सारङ्गधरलाई बनारसमा पढेर आउने गुरुदेवहरूले कण्ठस्थ पारे । फलस्वरूप पाटे सिउँडीलाई बेल (अगेल मार्मेलस) ले विस्थापित गरिदियो । यसै पनि लिच्छविकालीन शिवलिङ्गहरूमा बाहिरी पत्र धातुयौगिक -अलोई कम्पाउन्ड) को लेप पाइएको छ, जुन लेप निर्माण गर्दा बेलको चोप प्रयोग हुन्थ्यो । जसरी आज पनि कास्मिरमा तामाका भाँडालाई रूपरङ दिन तिनलाई पाएमा खुर्पानी (प्रनस आर्मिनिका) नपाए निबुवा
(सिट्रस लिमेट) को झोलमा उमालिन्छ वा खुकुरी र बञ्चरोलाई पाइन हाल्न पानी प्रयोग गरिन्छ । यही कारण बेलका तीन पात शिवलिङ्गमाथि घोप्टयाइन्छ, रक्षक माध्यमका रूपमा ।
त्यसमाथि विसं १९४० मा सारङ्गधरको त्यो विशेष अध्याय अनुवाद भएर पहिलो नेपाली मुदि्रत सामग्रीका रूपमा आयो र गिरिजाप्रसन्न मजुमदारका भारतीय अनुवादहरू पनि नेपाल भित्रिए । यसरी शिवको परिकल्पना गराउने एउटा वनस्पति नेपाली बगैंचाको मौलिक भूदृश्यबाट सधैंका निम्ति ओझेलमा पर्‍यो ।
दोस्रो पाटो
संस्कृतको सप्तम बारबाट सेप्टेम्बर, अष्टम बारबाट अक्टोबर, नवम् बारबाट नोभेम्बर र दसम बारबाट डिसेम्बर लिएर नपुगेर जनम् बारबाट जनवरीसम्म लिन बाध्य पश्चिमलाई आजभोलि नेपाली सेनाको चिनो त्रिशूल र डमरु मनपरेको छैन, न झण्डाका त्रिकोणहरू खप्टिएको षट्कोण । नेपाली झण्डामाथिको हमला, पशुपतिको कोषमाथिको हमला, मृगस्थलीका सन्न्यासीहरूको समाधिमाथिको हमलाहरूबाट क्रमशः हार्दै यो त्यतातर्फ लागेको छ । त्यसैले हर्क गुरुङको त्यो कार्यपत्र एक सुनियोजित उद्देश्यको सैद्धान्तिक सुरुवात थियो भन्ने बुझिनुपर्छ ।
तर यो विषालु षड्यन्त्रको अग्रणी रहेको नर्वेको हजार वर्ष अघिको देवता थोर (बज्रदेव) को नाम र चरित्र दुवै पुरानो खस इलाका (कास्मिर) मा प्रचलित थोरसँग मिल्छ । उनको आयुध बञ्चरो हो, जुन प्रतीकलाई घाँटीमा झुन्ड्याइन्थ्यो, हजार वर्ष अघिसम्म र जसलाई क्रसले विस्थापित गर्‍यो । नभन्दै बज्र पर्दा ढुङ्गाको बञ्चरो खस्छ भन्ने हाम्रो मान्यता छ । यद्यपि यी बञ्चराहरू पाषाणयुगीन (नियोलिथिक) हतियार हुन्छन् भन्ने पुष्टि भइसक्यो । र नभन्दै थोरको परिकल्पना एसियाको यो भूभागबाटै गएको मानिएको छ । यही थोर अंग्रेजीको बज्रबोधक थन्डरबोल्टमा परिणत भएको छ ।
यसले बुझाउँछ, पामिरपछि युराल नाघेर थोर अर्थात् बज्रदेव उत्तर युरोप र मध्ययुरोपको जर्मनीसम्म लाग्यो । अर्काेतिर हेलिनिक (ग्रीक) महादेव जियस हुन्, जसको आयुध नै बज्र
हो । अनि जियसको प्रतीक साँढे नै हो र उनको वेदी ओलम्पियामा बनाइँदा ढुंगाको होइन, खरानीकै बनाइयो, जसरी महादेवको शरीरमा खरानी दलिन्छ । समुद्रका ठूला देवता हुन्- पजिडन, जसरी गंगा महादेवका जटाबाट निस्किन्छिन् । उनका प्रतीक पनि साँढे नै हो, आयुध त्रिशूल नै हो । यसले बुझाउँछ, पशुपालनको युगमा पशुपतिले आल्पस नाघेर दक्षिण युरोपको बाटो लिए अर्थात् ताइवान र बर्मादेखि मध्यएसियामात्र नभई उत्तरयुरोपदेखि दक्षिण युरोपसम्मको सभ्यताको मूलधारको स्रोत तल्लो हिमालय शृङ्खला नै थियो, जतिबेला अमेरिका र अष्टे्रलिया (न्युवल्र्ड) पत्ता लागेको थिएन र अफ्रिका अँध्यारो महादेश मानिन्थ्यो । तर त्यही पश्चिम आफ्नो आदिसंस्कृतिको मूल जरोलाई उखेल्न आज नयाँ नेपाल बनाउन उद्यत छ । प्रचण्ड नाउँका एक इशाई मिसनरीलाई माओवादी खोल ओढाएर धर्मनिरपेक्षताको आफ्नो अभियान चम्काइरहेछ ।
आदिसंस्कृति ध्वस्त पारेर, युनिसेफका विश्वसम्पदा सूची अन्तर्गत पशुपति राख्ने, बोरोबुदुर राख्ने, एङकोर वाट राख्ने जस्ता कुरा रूख काटेर मुढाको पूजा गर्ने बाँदर संस्कार नै बढी लाग्छ । त्यही अमेरिकामा रेड इन्डियनहरूको हालत हेरे हुन्छ । धर्मले 'रेजिमेन्टेसन' गर्दाको परिणाम र नेपालमा नहुँदाको 'एथ्नोग्राफिक' खानीको अस्तित्व । यहाँनिर पश्चिमको संस्कृतिहीनता टड्कारो हुन्छ । प्रकृतिपूजक संस्कृति नै नाशेर 'कार्बन डलर' दिने निर्णय एउटा पाखण्ड र अझ पाखण्डभन्दा बौलठ्ठी सावित हुन्छ । जसलाई त्रिशूल र दोर्जेको स्रोत थाहा छैन, त्यसमाथि लेखाउँछ । जसलाई राजखानी काटेर सूर्यलाई चढाएपछि मात्रै खस भइन्छ भन्ने थाहा छैन, उसको नाममा 'फ्याटालिजम एन्ड डेभलपमेन्ट' लेखिदिन्छ र धर्म परिवर्तनको उद्देश्य बोकाएर 'कर्णाली इन्ष्िटच्युट' चलाउन जुम्ला पठाउँछ ।
तेस्रो पाटो
नेपालमा धर्मनिरपेक्षताको निम्ति भेटिकनको वकिल बनेको नर्वेमा धर्म परिवर्तन सन् १००० मा सुरु भयो र ११५० मा त्यो कार्य सकियो । फलस्वरूप अहिले ७९ प्रतिशत इभाञ्जेलिकल लुथेरनहरू त्यहाँ छन् । त्यहाँका इशाईहरूले प्रायः आफ्ना गिर्जाघर पुराना मन्दिर वा पवित्र स्थलहरूमा स्थापना गरे । गिर्जाघरको संवैधानिक प्रमुख नर्वेका राजा हुन्छन्, जसले संविधानअनुसार आफू लुथेरन भएको सावित गर्नैपर्छ, जसलाई नेपालमा गणतन्त्र स्थापना भइसकेपछि मार्च २००९ मा पुष्पकमल दाहालले दर्शनभेट गरेर आफूले नेपालमा दायित्व पूरा गरेकोमा हाजिरी दिँदै धन्यवाद दिए । यसरी भविष्यमा मन्दिरमात्र होइन, गुम्बाहरू पनि गिर्जाघरमा परिणत हुने अब निश्चितै छ । न फिदिममा फाल्गुनन्दको आश्रम, मेन्छायम धाप र साल्पा पोखरी नै बाँकी रहनेछन् । इन्टरनेटमा कसैले पनि नेपालसम्बन्धी जोसुवा प्रोजेक्टका फाइलहरू हेरे हुन्छ ।
अर्काे डेनमार्कमा २००८ सम्ममा ८२ प्रतिशत इभाञ्जेलिकल लुथेरन थिए । जुन देशको संवैधानिक धर्म हो र राजाचाहिँ राज्यले मान्यता दिएको लुथेरन गिर्जाघरको सदस्य हुनैपर्छ । अर्काे वकिल स्वीडेनमा ७० प्रतिशत इभाञ्जेलिकल लुथेरन छन् र फिनल्यान्डमा ७३ प्रतिशत । आइसल्यान्डमा ७९ प्रतिशत इभाञ्जेलिकल लुथेरन छन् र तिनलाई १९४४ को संविधानले संरक्षण दिएको पनि छ ।
तर नेपालमा धर्मनिरपेक्ष संविधान बनाउन नेताहरूलाई बाँडिएको पाँच करोड डलरपछि पनि धर्म परिवर्तन गराउने सात अर्ब रुपैयाँ खर्च भइसकेको छ । अन्तरिम संविधानमा सम्बन्धित वाक्यमा काकपद चिह्न हालेर माथिपट्ट ि'धर्मनिरपेक्ष' लेखिदिनेले कति लाख डलर पायो, त्यो खोजीको विषय हो । मुद्दा लिम्बुवान लगायत एक मधेस एक प्रदेशको भन्दा पनि दक्षिणी सुडान जन्मनेतिर बढ्दै गइरहेको देखिन्छ । दक्षिण कोरियाली 'मैत्री अस्पताल'हरूले मंगोल अनुहार ओढेर सुरुदेखि नै धर्म परिवर्तनलाई सघाएकै हुन् । त्यसैले माओवादी राष्ट्रवाद कुनै पनि राष्ट्रकल्याणको निम्ति भने बुझिँदैन, अर्काे एक इशाई राष्ट्रको निम्ति भन्नेमात्र देखिन्छ । राजा यतिमात्रैका निम्ति फाल्नु थियो भेटिकनलाई, भलै गणतन्त्र भारतका निम्ति पनि सामरिक अनुकूल किन नहोस् ।
हिन्दु धर्मसापेक्ष संविधानले बौद्ध धर्मावलम्बी, मुन्धुम धर्मावलम्बी, बोन धर्मावलम्बी, बर्हमथान (थारू) पूजक, टों पूजक (गुरुङ) आदिलाई समेटेको थिएन । अर्काेतिर नेपालमा विश्व हिन्दु सम्मेलन हुँदा कतिसम्म संवेदनहीनता थियो भने हामी आंेकार परिवारका हौं भनेर बोन, बौद्ध, जैन र सिखसम्मलाई समेटियो, तर पनि मुन्धुमवादीहरू छुटे । यसैले तिनलाई पनि समेट्न सनातन धर्मसापेक्ष संविधान हुनुपथ्र्याे । बुद्धले पनि 'यश धम्मो सनन्तनो' (यो धर्म सनातन हो) भनेकै
थिए । तर सनातन भनेको त घुमाइ-फिराइ हिन्दु नै भनिएको हो भनेर मुन्धुमवादीहरूलाई लाग्ला भनेर शीर्षकमा आदिधर्म राखिएको मात्र हो । अन्यथा सटिक शब्द सनातनको खास अर्थ अज्ञात युगदेखि चलेर आएको भन्ने नै हो ।
र के भनिहाल्नु जरुरी छ भने पूर्वले कथाहरूले भरिएका कुनै ग्रन्थलाई पनि धर्मग्रन्थ मान्दैन, त्यो पुराणको श्रेणीमा पर्छ । धर्मग्रन्थ ठेली हुनुपर्छ भन्ने होइन । भेन्सिटार्टले दिएका फाल्गुनन्दका उपदेशहरूको सँगालोले तिनलाई पनि धर्मप्रवर्तक नै बनाउँछ र त्यसमाथि जुन धर्ममा दर्शन हुँदैन, त्यो धर्म मानिन्न । आफ्नो दर्शन छँदाछँदै नेपालले पश्चिमले थोपर्न खोजेको पुराणलाई धर्मग्रन्थ मान्नु जरुरी थिएन र छैन, जो देश विखण्डनको कारक बन्नेछ ।
यसैले संविधान धर्मसापेक्ष बन्दैन भने गृहयुद्ध हुने कुरा पक्का छ । तर जातीयताको मुद्दा होइन, धर्मनिरपेक्ष संविधान बन्दैन भने नबनोस् भनेर पश्चिम बसेको छ । रोमन क्याथलिक नभइकन राष्ट्रपति हुन नपाइने अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको नेपालप्रतिको उग्र चिन्ता र दौडधुप त्यसैका निम्ति हो । नबन्ला भनेर नर्वेका टोरे टोरेङ विशेषदूत बनेर आउँछन्, नर्वेका राजदूतको निवासस्थानमा वामपन्थीहरूको कविगोष्ठी गराइन्छ । कसै-कसैलाई डलर उपहार दिइन्छ । माओवादीको इशाईधार त्यसै स्वार्थको पहरेदारमात्र हो र हाम्रानिम्ति यदि धर्मसापेक्ष बन्दैन भने संविधान नबनोस् पनि । गृहयुद्ध र
राष्ट्र विखण्डनभन्दा संविधान नबनेको धेरै राम्रो हो, नबनोस् ।


स्रोत  :- चैत्र १५, २०६७ कान्तिपुरमा प्रकाशित
https://ekantipur.com/opinion/2011/03/29/327205.html